ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा भाडामा लिएर छाडा चौपाया व्यवस्थापन


admin
३० कार्तिक २०७४, बिहिबार   २ : ०४   बजे

कञ्चनपुर, ३० कात्तिक । भीमदत्त नगरपालिकाका १९ वटै वडाबाट छाडा पशु चौपाया व्यवस्थापनको कार्य अगाडि बढाइएको छ । नगरपालिका कार्यालयले वडा नं १९ मा जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न लागेको हो ।

छाडा चौपाया व्यवस्थापनका लागि जग्गाको सम्झौता गरी पूर्वाधार निर्माण कार्य थालिएको छ । वडा नं १९का वडाध्यक्ष दामोदरसिंह महराले एक हप्ताभित्र चौपाया व्यवस्थापनको कार्य गरिने बताउनुभयो ।

वडा कार्यालयले जग्गामा टहरासहितका भौतिक पूर्वाधारका कार्य अगाडि बढाएको छ । यसका लागि १० जना कर्मचारी राखिने अध्यक्ष महराले जानकारी दिनुभयो । वडा कार्यालयले पाँच वर्षका लागि वार्षिक रु २५ हजार बिगाहाका दरले जग्गा भाडामा लिएको छ ।

त्यसमा ५०० छाडा पशु चौपाया व्यवस्थापन गरिन लागेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग वडा नं १९ को सीमा जोडिएको छ । भीमदत्त नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनका लागि नीतिगतरुपमा अघि बढेको छ । भीमदत्तको पहिलो नगर सभाबाट चौपाया व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गरिएको छ । चालू आवका लागि चौपाया व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यसैगरी नगर कार्यपालिकाबाट छाडा पशु चौपाया व्यवस्थापन निर्देशिका पनि जारी गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले चौपाया व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन कार्य अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group