ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गरे – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१२ पुस २०७६, शनिबार   ४ : ५८   बजे

काठमाडौं, १२ पुस ।    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुले सरकारका विरुद्ध गोयबल्स शैलीमा प्रचार गरिरहेका बताउनुभयो । आज नेकपानिकट प्रेस संगठनको राष्ट्रिय भेलामा उहाले सरकारले गरेका राम्रा कामको प्रचार नभएको भन्दै तर प्रतिक्रियावादीहरुले सरकारविरुद्ध गलत प्रचार गर्न सक्रिय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, ‘विरोधीले सामाजिक संजालबाट सरकारविरुद्ध हल्ला फिँजाए ।

’ गोकर्ण रिसोर्टको भाडा सम्झौताको अवधि हचुवाको भरमा नथपिएको जिकिर गर्दै उहाँले विज्ञबाट अध्ययन भएर सुझाव आएको आधारमा सम्झौताको अवधि थप भएको बताउनुभयो । यती समूहअन्तर्गतको भाडा सम्झौता गर्ने कम्पनीले सरकारलाई आकर्षक कर तिर्ने बताएको पनि बताउनुभयो। समय अगाबै गोकर्ण रिसोर्टको भाडा सम्झौताको समय थप्नुको कारण पूर्वाधार निर्माणका लागि हो भन्दै प्रधानमन्त्री ओलीले सम्झौता गरेर बैंकबाट ऋण लिएर पूर्वाधार बनाउनका लागि भाडा सम्झौता गरेको बताउनुभयो।

साथै, उहाले यती समूहलाई कालिमाटीको जग्गा लिजमा दिने काङ्ग्रेस हो भन्दै सिंहदरबार अगाडी अग्लो भवन पनि काङ्ग्रेसले नै बनाउन दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले अब कोशी र गण्डकीमा गङ्गा नदीबाट पानी जहाज आउने बताउँदै १५० किलोमिटर कुँदेर पानी जहाज नेपाल आउने बताउनुभयो । ‘हाम्रा विरोधीलाई नदिमा पानी जहाज चल्छ भन्ने पनि थाहा रहेनछ’, उहाँले भन्नुभयो । साथै, छ खर्बमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल बन्ने र दैलेखमा इन्धन उत्खनन् हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group