ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा खाना खाएर भ्रमण वर्षको स्वागत गरिने


sharan sharan
१२ पुस २०७६, शनिबार   १० : ३८   बजे

बुटवल, १२ पौष । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नाराका साथ यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपुर्ण योगदान दिने आयोजक संस्था होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए ।
खाना महोत्सवका वारेमा जानकारी गराउन शनिवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले यस क्षेत्रमा संचालित होटल तथा रेष्टुरेण्टहरुले प्रदान गरेका सेवा सुविधा, अतिथि सत्कारका साथै विभिन्न जातजातिका खानाका परिकारको स्वाद चखाउने र कला संस्कृतिको संरक्षण र संवद्र्धनमा गर्ने गरि तयारी गरिएको बताए ।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताए ।
सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं।९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन ।
पत्रकार सम्मेलनमा महोत्सवलाई सफल बनाउन मिडियाको महत्वपूर्ण योगदान रहने भन्दै सहयोगको लागि आह्वान गरिएको महासचिव माधव कुमार खनालले बताए ।
प्रथम बुटवल सडक खाना महोत्सव २०७५ मा विभिन्न खानाका परिकार सहितका ६० वटा स्टल सहभागी भएकोमा यस वर्ष १ सय वटा स्टलको सहभागी हुने छन ।
यो सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले करिब ३० लाख बढी खर्च हुने लागत अनुमान आयोजकले गरेका छन ।
तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयाजकले गरेका छन ।
पुष १४ गते सोमबार दिउसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको ¥याली निकालिने र ¥यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu