ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’


admin
२० असार २०७४, मंगलबार   ७ : ०१   बजे

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् ।

जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो ।

देश विकासका लागि निरन्तर लागिरहने स्व गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्न वर्तमान सरकारले संविधान कार्यान्वयन सँगै देशलाई आर्थिक समृद्धिमा लैजान लागेको मन्त्री कार्कीको भनाइ थियो । उहाँले भन्नुभयो, “गिरिजाबाबुको पालामा नेपालको आर्थिक वृद्धिदर ७।५ प्रतिशत पुगेको थियो त्यसलाई निरन्तरता दिन सकेको भए अहिले मुलुक सम्पन्नशाली हुने थियो ।”

मन्त्री कार्कीले नेपालमा पर्यटन व्यवसायका लागि भएको सम्भावनालाई पूर्ण उपयोग गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्दै पूर्वाधारको विकास गर्न सकेमात्र आशाअनुरुप पर्यटक नेपाल भित्र्याउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले मुलुकमा रहेको अस्थिरताका कारणले पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउँदै संविधान कार्यान्वयन गरेमात्र मुलुकको आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सांस्कृतिक र प्राकृतिकरुपमा धनी रहेको देशले पर्यटनमा सोचेजस्तो फड्को मार्न नसकेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिगो विकासको मुख्य आधार भनेको पर्यटन व्यवसाय भएकाले यसको विकास र विस्तारका लागि निजी क्षेत्र र सरकार मिल्नुपर्ने बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले एक मुठी माटो नबेची आम्दानी गर्ने व्यवसाय पर्यटन भएकाले यसको विकास र विस्तारका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu