ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादोन्मुख जनताको जनवादका आधारमा रूपान्तरण – प्रवक्ता श्रेष्ठ


एबीसी न्यूज
२० पुस २०७६, आइतबार   ४ : ४४   बजे


पोखरा, २० पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताउनुभएको छ ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि नेकपाका तर्फबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गरेपछि प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक क्रान्तिको प्रक्रियामा देश अघि बढेको बताउँदै जनाताको समृद्धिको चाहना पूरा गर्न पार्टी लागेको बताउनुभयो ।

देश र जनताको सेवामा समर्पित हुन र आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख गर्दै उहाँले राजनीतिमा पद आवश्यक नभए पनि यो जिम्मेवारीका रूपमा रहने उल्लेख गर्नुभयो ।

पार्टी एकतालाई सुदृढ बनाउँदै नेकपा अघि बढिहेको बताउँदै उहाँले सङ्गठनलाई सक्रिय र सरकारलाई सफल बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा पार्टी जुटिरहेको बताउनुभयो । पार्टी एकीकरणको काम लगभग सकिएको र बाँकी केही काम पनि टुङ्गोमा पु¥याउन लागिएको जानकारी दिँदै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि सक्ने गरी तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

सभामुख चयनका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले यसको निर्णय लिन केही ढिला भए पनि आगामी संसद् चल्नु अगावै यस विषयमा टुङ्गोमा पुगिने जानकारी दिनुभयो । नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपानेले पार्टीका तर्फबाट गरिएको उम्मेदवारीको निर्णयले आफ्नो राजनीतिक जीवनको मूल्याङ्कन भएको बताउनुभयो ।

विसं २०४८ देखि अनेरास्ववियु, अनेमसङ्घ हुँदै पार्टीमा लामो समय बिताएको स्मरण गर्दै उहाँले व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई पार्टीले मूल्याङकन गरेको बताउनुभयो । राजकीय भूमिका दिने अवसरका लागि पार्टीप्रति आभार व्यक्त गर्दै उहाँले निर्वाचित भएपछि कानून निर्माणका साथै देश विकासको काममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group