ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुन्द्री सतहदेखि ४ हजार उचाइमा रहेको अन्नपूर्ण वेसक्याम्प पर्यटकको आर्कषणको गन्तव्य बन्दै ( भिडियोसहित)


एबीसी न्यूज
२१ पुस २०७६, सोमबार   ११ : ०५   बजे

काठमाडौं, २१ पुस ।  १९५० को जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८००० मिटर अग्लो हिमाल माथि पहिलोपटक मानव पाइला पर्यो । त्यो हिमाल थियो ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले सो हिमालको सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो हिमाल भनेर पनि चिन्ने गरिएको छ । तर उनै हर्जोगले पदयात्रा गरी हिमाल चढ्न अघि बढेको म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविर अहिले पनि उति चर्चामा आउन सकेको छैन । झण्डै ७० बर्ष अघि हर्जोगको चालेका पाइला पच्छ्याउँदै हालै गरिएको खोज तथा प्रबद्र्धनलाई ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको थियो ।

अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित उक्त आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर पनि चिन्ने गरिएको छ । फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण वेस क्याम्प बढी चर्चित बन्न पुग्यो । वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबर्धन अभियान अघि बढ्नु पर्ने एवीसी टेलिभिनका प्रधान सम्पादक शुभशंकर कंडेलले बताउनु भयो ।

उक्त वेस क्याम्प म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ । सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला हुँदै आधार शिविर पुग्न सकिन्छ । विद्युत आयोजनाले छोटेपासम्म सडक खनेका कारण त्यहींबाट समेत पदयात्रा सुरु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu