ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकको क्याम्पबाट नेपाली फर्किए


एबीसी न्यूज
२२ पुस २०७६, मंगलबार   ९ : ४४   बजे


काठमाडौं, २२ पुस।  इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जो’खिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् ।

‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’ १२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए । ‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ,’ उनले भने, ‘अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो ।’ उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन् ।

‘स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन,’ अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने, ‘अहिलेसम्म सुरक्षित छौं, यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो ।’ उनी काम गर्ने कफी सप तीन दिनदेखि बन्द छ । ‘सेनाकै अन्डरमा काम गर्ने भए पनि डर लाग्दो रहेछ,’ उनले भने । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group