ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको भाउ आकासिंदै, तरकारी तथा खाद्यान्नमा भारतसंग मात्रै ४० प्रतिशत परनिर्भर (भिडियोसहित)


एबीसी न्यूज
२२ पुस २०७६, मंगलबार   १० : ५५   बजे


काठमाडौं, २२ पुस। बजारमा तरकारीको मूल्य निरन्तर वृद्धि भईरहदा आम उपभोक्ता मारमा परिरहेका छन् । तुलनात्मक रुपमा पनि विगतका वर्षमा भन्दा पछिल्लो समय तरकारीको भाउ ठूलो अन्तरले आकाशिएको छ । कृषि उपजका सामाग्रीहरुको विगत १० वर्षभन्दा पहिले ८७ प्रतिशतको हाराहारीमा स्वदेशी उत्पादन हुन्थ्यो ।

तर अहिले, भारतस“ग मात्रै ४० प्रतिशत परनिर्भर रहनुपर्ने अवस्था छ । मूलतः उत्पादन अभावका कारण निरन्तर रुपमा तरकारीको भाउ महंगिदै गएको छ ।

देशको अर्थतन्त्र आयातमुखी बनिरह“दा कृषिजन्य सामाग्रीहरुमा भारत लगायत तेश्रो मुलुकहरुस“गको परनिर्भरता हिजोभन्दा आज बढ्दै गएको छ । विगत ५, १० वर्षमा झण्डै ८७ प्रतिशत रहेको कृषि उपजको उत्पादन अहिले निरन्तर घट्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । केही वर्ष अघिसम्म भारतस“ग १३, १४ प्रतिशतको हाराहारीमा रहेको परनिर्भरता अहिले ४० प्रतिशतभन्दा माथि पुगेको छ । बजारमा तरकारीको माग अनुसार स्वदेशी उत्पादन हुन नसक्दा तरकारीको भाउ निरन्तर बढीरहेको छ ।

गतवर्षस“ग मात्रै तुलना गर्दा पनि यो वर्ष तरकारीको भाउ दोब्बर तेब्बर मूल्यले वृद्धि भएको छ । गत वर्ष पुषमा प्रतिकेजी ८ देखि १० रुपैंया रहेको बन्दाको मूल्य सोमबार प्रतिकेजी ४० देखि ४५ रुपैंयासम्म थोक बजारमा कारोबार भयो । गत वर्षको तुलनामा बन्दाको भाउ झण्डै पा“चौ गुणाले आकाशिएको छ ।

गतवर्ष ३५ देखि ४५ रुपैंया रहेको काउलीको मूल्य सोमबार थोक बजारमा ५० देखि ७० रुपैंया प्रतिकिलोमा कारोबार भयो । त्यसैगरी गत पुषमा गोलभेडा प्रतिकिलो २० देखि ५० रुपैंयामा, भन्टा ३५ देखि ४०, आलु २० देखि ३५ र प्याज २६ देखि २८ रुपैंया प्रतिकिलोमा थोक बजारमा खरीदबिक्री भएको थियो । तर सोमबार गोलभेडा ७५ देखि ८०, भन्टा ७५ देखि ८०, आलु ४० देखि ५० र प्याज प्रतिकिलो १३० रुपैंयाभन्दा बढीमा थोकबजारमा कारोबार भयो । बजारमा सामान अभाव छ । ढुवानी र भण्डारणमा पनि समस्या भएका कारण छिट्टै नाश हुने तरकारीको मूल्यमा प्रभाव परेको छ ।

भारतबाट वर्षेनी १२ अर्बभन्दा बढी रकमको तरकारी आयात हुदै आएको छ । देशभित्र अझै पनि कृषिमा जनशक्ति आकर्षित छैन । कतै खेतबारी बा“झो छन्, कतै खेतीयोग्य जमिनको अभाव छ ।स्वदेशी उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । विदेशी उत्पादन आकर्षक र सस्तो पनि छ । त्यसैले स्वदेशी उत्पादन स्वस्थ्कर हुदाहुदै पनि बजारीकरण र व्यवसायीकरण हुन सकिरहेको छैन ।

एकातिर गुणस्तरीय स्वदेशी उत्पादनले उपयुक्त बजार भाउ पाएको छैन । झण्डै आठ सय रोपनीमा सामुहिक खेती गरिरहेका एक व्यवसायिक किसान आफूहरुको उत्पादन विदेश पठाउने निर्णयमा पुगेका छन् ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायिककीकरण गर्दै आम सर्वसाधारणको आकर्षण बढाउन नसक्दा किसानहरु पलायन भईरहेका छन् । राज्यको समन्वय अभाव, अनुसन्धानमा कमी लगायत विविध कारणवश आज परनिर्भरताको ठूलो भारी बोक्न नेपाल बाध्य भईरहेको छ । फलस्वरुप, साधारण जीविकापार्जन गर्नेहरु चरम् मारमा परेका छन् ।

सरकारले कृषिमा आत्मनिर्भरताको गफ गरिरहेको छ । तर, कृषि क्षेत्र सुधारउन्मुख भएको छैन । जसकारण कृषि उपजका उत्पादनमा भारत लगायत तेश्रो मुलुकमा परनिर्भरता बढ्दो छ । आर्थिक समृद्धि र विकासको नारा चलिरह“दा कषि क्षेत्रको आधारभूत समस्या समाधान नगरेसम्म देशको समग्र विकास असम्भव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group