ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं– मन्त्री पोखरेल


admin
२२ पुस २०७६, मंगलबार   ३ : ५२   बजे

काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्नुभएको छ । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम शुरु गर्ने गृहकार्यमा लागेको बताउनुभयो । उहाँले ७५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताउनुभयो । फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र शुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पु¥याउन सकिने आधार पाएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा समयमै केटाकेटीलाई पुस्तक पु¥याउने हाम्रो पहिलो जिम्मेवारी पूरा गर्न सक्छौ, कुनै समस्या आएमा सचिवस्तरीय बैठकले सुल्झाएर अगाडि बढ्छ ।”

आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा रङ्गीन पुस्तक छपाउने सपना र निर्णय अहिले पूरा भएको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “मेरो २०७२ को सपना अहिले आएर साकार हँुदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रङ्गीन पुस्तक छाप्ने निर्णय ग¥याँै, अहिले कक्षा ८ सम्म पुस्तक रङ्गीनमा छाप्दैछौँ, त्यो सपना पूरा हँदैछ ।”समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पु¥याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उहाँले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताउनुभयो । सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सचिव दाहालले कामदारको क्षमता अभिवृद्धि गर्नुपर्ने, संस्थागत प्रबन्ध गर्दै समयानुकूल यसको संरचना र कर्मचारीलाई नयाँ ढङ्गले लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्रले अब पुस्तकमात्रै छाप्ने नभई सबै मेशिनलाई पूर्ण उपयोग गर्ने गरी बाहिरबाट काम ल्याएर सञ्चालन गर्दै संस्थाको आम्दानी बढाउनेतिर लाग्नुपर्ने बताउनुभयो ।केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले विगत दुई वर्षदेखि समयमै पुस्तक छपाइ सकेर डिलरमा पु¥याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकको पैसा नगरपालिकामा गएको हुन्छ, त्यहाँबाट विद्यालयमा जान ढिला भयो र नगरपालिका तथा विद्यालय बीचको संयोजन मिलेन भने पनि पुस्तक समयमै पुग्दैन, समयमै पुस्तक छपाइ सकेर सबै पुस्तक क्षेत्रीय कार्यालयमा पु¥याउने र एक हजार एक सय डिलरबाट मार्फत वितरण गर्ने गरेका छाँै ।”

स्कुलमा समयमै बजेट पुगेन भने पनि किताब नउठाइदिने गरेको बताउँदै कतिपय अवस्थामा नगरपालिकाले रकम निकासा नगरिदिँदा विद्यार्थीको हातमा समयमै पुस्तक नपुग्ने गरेको उहाँको भनाइ थियो ।यो वर्ष १० कक्षासम्म दुई करोड पुस्तक छपाइ गर्ने बताउँदै सञ्चालक तिमिल्सिनाले कक्षा ५, ९ र १० का लागि आवश्यक एक करोड १० लाख पुस्तक छापिसकेको बताउनुभयो ।

उहाँले कक्षा ६, ७ र ८ को नयाँ कागज र नयाँ प्रिन्ट चार कलरमा छाप्ने भएकाले छपाइ प्रक्रिया शुरु भइसकेकाले अब तीन महिनाभित्र सबै पुस्तक छपाइ सकेर वितरण गर्ने बताउनुभयो । उहाँले दुई चरणमा चालु पुस्तक छपाइ प्रक्रिया अब तीन चरणमा सञ्चालन गर्ने बताउँदै पुस्तक अभाव हुन नदिने बताउनुभयो । अनुगमनमा मन्त्रीसहितको टोलीले रङ्गीन पुस्तक छपाइ, नयाँ उच्च प्रविधिको मेशिन, सुरक्षण मुद्रणालयको छपाइलगायत केन्द्रको भौतिक संरचनाको अनुगमन र जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group