ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक


admin
२२ पुस २०७६, मंगलबार   ४ : १७   बजे

काठमाडौं, २२ पुस । पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ । हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालीञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालीञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताउनुभयो ।

तराईबाट छोटो दूरीमा र काठमाडाँैबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौँ आन्तरिक पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिमाली जिल्ला दोलखाको रमणीय क्षेत्र कालीञ्चोकमा कालीञ्चोक भगवतीको दर्शन गर्न र हिउँ खेल्नकै लागि कालीञ्चोक पुग्ने गरेको पर्यटकले बताएका छन् । कालीञ्चोक क्षेत्रमा मात्र हाल दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेको कालीञ्चोक कुरीस्थित होटल सुनपातीका सञ्चालक हरि वलीले बताउनुभयो । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको मागलाई लक्षित गरी कालीञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको व्यवसायी वलीले बताउनुभयो ।

ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको उहाँको भनाइ छ । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकालो समस्या भएको जनाएका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटल समेत भरिभराउ छन् । हिउँ परेपछि कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताउनुभयो । उहाँले ट्याङ्करबाट पानी ल्याएर व्यवस्थान गरिएको पनि बताउनुभयो ।

राजधानी काठमाडौँबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । धार्मिक आस्था तथा हिउँ खेल्नका लागि भारतीय पर्यटक दोलखामा आउने गरेको छ । नेपालकै तेस्रो केबुलकारसमेत कालीञ्चोकमा सञ्चालनमा रहेका कारण हिमाली क्षेत्रमा केबुलकारबाट मनोरञ्जन लिनका लागि समेत पर्यटक कालीञ्चोक पुग्ने गरेको पाइन्छ ।

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् । यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

जिल्लामा परेको हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group