ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम अर्ब माथि


admin
२२ पुस २०७६, मंगलबार   ५ : ११   बजे

काठमाडौं, २२ पुस । लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोवार भएको यस साताको तीन कारोवार दिनमा नै नेप्सेमा दोहोरो अङ्कको वृद्धि कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ । धेरै पछि कारोवार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो ।

कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोवार रकमले आज नयाँ इतिहास कायम गरेको हो । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढीको कारोवार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै रु १९ करोड ४९ लाख १३ हजार ४१३ को कारोवार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एशिया बैंक रु ६ करोड ४८ लाख ६३३, प्रभु बैंक रु चार करोड २० लाख १२ हजार ९१२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु चार करोड ६ लाख ५० हजार ८६१, एनसिसी बैंक रु दुई करोड ९१ लाख २५ हजार २६१, एनएमबी बैंक रु दुई करोड ६८ लाख ७४ हजार ९५५, लुम्बिनी विकास बैंक रु दुई करोड ६३ लाख ९५ हजार ५४३ र सिद्धार्थ बैंक रु दुई करोड ३५ लाख ३० हजार ८१६ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् । डिप्रोक्को ४५ प्रतिशत लाभांश स्वीकृत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत शेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group