लहान, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा न्यानो लुगा वितरण अभियान अन्तर्गत सिरहाका सबै नगरपालिका र गाउँपालिकामा प्रहरीप्रशासनको अगुवाईमा कम्बल वितरण भईरहेको छ ।
सिरहा जिल्लामा पनि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अगुवाईमा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदी , शसस्त्र प्रहरी वल ७ नम्बर गण सिरहाका एसपी प्रविण कँडेल , राष्ट्यि अनुसन्धान सिरहाका प्रमुख रमेश चन्द्र यादवले सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा संयुक्त रुपमा कम्बल वितरण गरिरहेका छन् ।
सिरहा कारागारका ४ सय ९९ कैदिबन्दिलाई कम्बल वितरण गरेका प्रहरीप्रशासनको यो समूहले पुष २१ गते सिरहा नगरपालिका ९ का ३ सय ५१ दलित तथा गरिव विपन्नहरुलाई पनि कम्बल वितरण गरेको थियो ।
सिडियो अधिकारीले सिरहाका सबै प्रहरी कार्यालयहरुमा कम्बल राखिएको बताउँदै असाह्य , गरिव, बिपन्न दलित परिवारले सम्बन्धित प्रहरी चौकीमा सम्पर्क गरेर कम्बल लैजान सक्ने जानकारी दिए ।
पत्रकारितामा समेत सक्रिय रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले प्रहरीप्रशासको न्यानो लुगा बितरण अभियान प्रशंसायोग्य भएको बताउँदै भने , यो अभियान चलाउन निर्देशन दिनुहुने प्रधानमन्त्री ओलीलाई प्रदेश २ का सम्पुर्ण रैथाने समुदायको तर्फबाट बिशेष धन्यवाद दिन चहान्छु । तराई मधेशमा रैथाने समुदायको हकअधिकार खोसिएको भन्दै रैथाने समुदायको हकअधिकार सुनिस्चितताको माग गर्दै ४ बर्ष अघि रैथाने एकता परिषद घोषणा गरिएको थियो
प्रतिक्रिया दिनुहोस्