काठमाडौं , २४ पुस । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले गाउंबाट सहरतर्फ अव्यवस्थित बसाइसराइ बढेका कारण सहरको योजनाबद्ध विकास हुन नसकेको बताउनुभएको छ ।
कान्तिपुर इकोनोमिक समिटमा मुख्य वक्ताको तर्फबाट मन्तव्य दिंदै पूर्व उपाध्यक्ष शर्माले पछिल्ला वर्षमा योजनाबद्ध विकास नहुदा यसबाट सहरी गरिबी पनि बढाइरहेको बताउनुभयो । डा. शर्माले सहरतर्फ भइरहेको अव्यवस्थित बसाइसराइलाई समयमै सम्बोधन गर्न नसकिए यसले अराजकता बढाउने दाबी गर्नुभयो ।
डा. शर्माले संघीयतालाई राज्य संचालितको प्रणालीका रुपमा अंगिकार गर्न जातीय, आर्थिक, सामाजिक, र क्षेत्रीय बिभेद नै भएको तर्क गर्नुभयो । यस्तै संघीयता आएपछि समावेशी, समानता र न्यायोचित बिकासको साथै केन्द्रिकृत प्रशासनिक, राजनीतिक र वित्तीय प्रणालीको बिकेन्द्रीकरण हुन सहयोग पुगेको उहाको भनाई थियो ।
यस्तै डा. शर्माले संघिय सरकार प्रदेश र स्थानिय सरकारलाई सबल बनाउनु पर्ने जोड दिदै संघीय कार्यक्षेत्रलाई बिस्तार गर्ने दिशा तर्फ अब उन्मुख हुनु पर्ने धारणा राख्नुभयो । तर अहिले शासन पद्धति प्रदेश वा स्थानीय तहमै आवश्यकताप्रति लक्षित हुनु पर्ने भएपनि पुरानै पद्धतिलाई निरन्तरता दिईरहेको उहाको भनाई थियो । तीनै तहका सरकारसंगको सम्बन्ध, सहकारिता, समन्वय र सहअस्तित्वको आधारमा हुने व्यवस्था भएपनि बिधि र सयन्त्र अझै संस्थागत हुन नसकेको उहाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्