ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुचना प्रविधि विधेयकका संविधान विरोधी प्रावधान हटाउनुपर्ने मिडिया सोसाइटीको माग


admin
२४ पुस २०७६, बिहिबार   ६ : ०७   बजे

काठमाडौं , २४ पुस । नेपाल सरकारले अघि सारेको सूचना प्रविधि विधेयकले संविधानको प्रस्तावना र आमसञ्चार सम्बन्धी अकाट्य हकमाथि अङ्कुश लाग्ने खतरा देखिएको भन्दै नेपाल मिडिया सोसाइटीले त्यसलाई सच्याउन सरकारसँग माग गरेको छ ।

बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मिडिया सोसाइटीले सूचना प्रविधिको दुरुपयोग रोक्न अदालतको बनोट र गठन सम्बन्धी व्यवस्था अन्त्यन्तै खतरनाक रहेको भन्दै आपत्ति जनाएको छ । प्रचलित स्वतन्त्र न्यायपालिकाको क्षेत्राधिकारलाई अकुष्ठित रहने व्यवस्था भन्दा अघि नबढ्न सरकारलाई सचेत गराएको हो । गैरन्यायिक निकायबाट नागरिकलाई जन्मकैदसम्मको सजाय गर्न छुट दिने अख्तियारी संविधानभन्दा बाहिर गएर संसदको सामान्य बहुमतबाट बनाइने कानुनले स्वतःबदरभागी बन्ने मिडिया सोसाइटीले जनाएको छ । संसद संविधान, कानुन र जनताप्रति जवाफदेही हुनुपर्नेमा ध्यानाकर्षण गराइएको छ । विधेयकले व्यवस्था गरेको प्रावधानलाई सत्ताले गलत प्रयोग गर्नसक्नेमा सचेत गराउँदै प्रस्ताव गरिएका जरिवना, कैद तथा त्यसका लागि गठन गर्ने भनिएको न्यायिक निकाय सम्वन्धी व्यवस्था तत्काल हटाउन नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेँलले माग गर्नुभयो ।

नागरिकले संविधान प्रतिकूल काम गरेमा त्यसलाई कारवाही गर्ने फौजदारी तथा मुलुकी संहिता २०७४ लगायतका कानुनमा यथेष्ट व्यवस्था  भएकोले सुचना प्रविधि विधेयकको आपत्तिजनक र अलोकतान्त्रिक प्रावधान हटाउनुपर्ने मिडिया सोसाइटीको माग छ । त्यस्तै यस्ता विधेयक ल्याउदा सरोकारवालासँग छलफल र सम्वाद गर्नुपर्नेमा सोसाइटीको जोड छ । त्यसैगरी विशेष सेवा ऐनमा आएको व्यक्तिका गोपनीयता, टेलिफोन ट्यापिङ, इमेल लगायतका विषयमाथि सरकारको निगरानी रहने प्रावधान पनि सच्याउन मिडिया सोसाइटीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group