ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा भारी हिमपात : विद्युत, टेलिफोन र यातायात बन्द, जनजीवन प्रभावित


admin
२४ पुस २०७६, बिहिबार   ६ : १६   बजे

बझाङ,२४ पुस । बझाङमा एक हप्तादेखि परेको हिमपातका कारण बझाङमा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्र चल्ने साना ठूला सवारी साधन समेत ठप्प भएका छन्। बझाङ जिल्ला जोड्ने जयपृथ्वी राजमार्गको बिभिन्न स्थानमा यतिबेला बाक्लो हिउँ जमेको छ। डडेलधुराको अनराखोली, बैतडी जिल्लाको श्रीभावर क्षेत्र र बझाङको स्याँडी लगायतका स्थानमा बाक्लो हिउँ जमेका कारण यातायात सञ्चालनमा आउन सकेको छैन।

बझाङ, बैतडी जिल्लाका बिभिन्न क्षेत्रमा डोजर लगाएर बाटो खाल्ने प्रयास भैइरहेको भएपनि लगातार हिमपात भइरहेकाले बाटो पूर्णरुपमा खोल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताए । प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ।

यस्तै नेपाल टेलिकमको सेवा समेत प्रभावित हुँदा यतिबेला जिल्ला सञ्चार विहीन जस्तै बनेको छ।एकहप्ता अघिबाट लगातार हिमपात र भारी बर्षा हुन थाले पछि केदारस्यूँ गाउँपालिकाको केदार र थलारा गाउँपालिकाको बान्तालेकमा रहेका नेपाल टेलिकमका रिपिटर टावरहरू अवरुद्घ भएका हुन्।बाक्लो हिमपातका कारण सोलार पातामा हिउँ जमेर ब्याट्री चार्ज नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित भएको दुर सञ्चार कार्यालय बझाङले जानकारी दिएको छ।

दुर सञ्चार कार्यालय बझाङका अनुसार सोलार प्यानल निकै पुरानो भएको र सोलारले धेरै समय पावर ब्याकप राख्न नसक्दा घाम नलाग्दा नेपाल टेलिकमको टेलिफोन सेवा बेलाबेला अवरुद्घ हुँदै आएको छ।गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बझाङमा बेलाबेला विद्युतको समस्या हुँदै आएको छ। लामो र नयाँ लाइन भएको कारण बेलाबेलामा विद्युतमा समस्या हुँदै आएको थियो। तर दश दिन यता भने हिमपात भएका कारण विद्युत पूर्णरुपमा अवरुद्घ भएको हो। विद्युत लाइन मर्मत गर्न खोजेपनि हिमपातका कारण सडक खुल्न नसक्दा मर्मत गर्न नसकिएको विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group