ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुटपिट घटनाको विरोध गर्दै मेयर साह विरुद्ध प्रदर्शन


admin
२४ पुस २०७६, बिहिबार   ७ : ५१   बजे

जनकपुर,२४ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुलाई गरिएको कुटपिट घटनाको विरोध गर्दै यूथ एशोसिएसन अफ नेपालले मेयर लालकिशोर साह विरुद्ध विरोध प्रदर्शन गरेका छन ।बिहीवार जनकपुरधामको जनक चौकमा यूथका दर्जनौ युवाहरुले सूचनाको हक कार्यान्वयन गर, प्रेस स्वतन्त्रतामाथि हनन र सूचनाको संवाहक पत्रकार कुटने मेयरलाई कारवाही गर लगायतका नारा लगाउंदै प्रदर्शन गरेका थिए । युवाहरुले हामी पत्रकारको समर्थक होइन तर अन्यायलाई सहदैनौ, पत्रकारमाथि हातपात गर्न पाइदैन, नगर प्रमुख हो कि नगरको माफिया, उपमहानगरपालिकामा गुण्डा राख्या छौ कि कार्यकर्ता लगायतका नारा सहितको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

संचारकर्मीहरुसंग कुरा गर्दै यूथ एशोसिएसन अफ नेपालका आदित्य नेपालले जानकी मन्दिर फुलबारी जग्गाको सम्बन्धमा प्रतिक्रिया लिने जाने पत्रकारलाई घण्टौ कुराउने अनि त्यसपछि आफ्ना कार्यकर्ता र गुण्डा लगाएर कुटपिट गर्नुले प्रष्ट हुन्छ कि मेयर साह आफ्ना भ्रष्टाचार लुकाउन मिडिया समक्ष प्रस्तुत हुन चाहिरहेको छैन । नेपालले थप्दै भने सूचना मांग्ने पत्रकारहरुमाथि पदको दुरुपयोग गर्ने मेयरले गल्ती स्वीकार गरी माफी न मागेसम्म हाम्रो आन्दोलन जारी नै रहनेछ । गलतको लागि हामी पछि पर्दनौ जुन सकै आन्दोलन गर्न तयार छौ ।

त्यस्तै यूथ एशोसिएसन अफ नेपालका अर्का युवा सर्बजित यादवले भ्रष्टाचारलाई पर्दाफास गर्ने देशकै चौथो सूचनाको मूल संवाहक पत्रकार हुन र तिनीहरु नै जनप्रतिनिधिबाट कुटिनुको अर्थ यहाँका जनता र सेवाग्राही सुरक्षित छैन, यसप्रति सम्बन्धित निकायले ध्यान दिनै पर्छ, दोषी मेयरमाथि कारवाही हुनै पर्छ यदि भएन भने कडा चेतावनि समेत दिए । पुस २२ गते मंगलवारका दिन जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाद्वारा अतिक्रमण भएको लागेको आरोप बारे प्रतिक्रिया लिन गएका पत्रकारहरुलाई घण्टौ कुराएर, आफ्नो कार्यकक्षमा बोलाई नगर प्रहरी र कार्यकर्ता लगाई कुटपिट गराएका थिए । सो घटनामा ४ चार जना पत्रकार घाइते समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu