ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै पोलिटब्युरो सदस्य कार्की सत्तारुढ नेकपामा प्रवेश


एबीसी न्यूज
२६ पुस २०७६, शनिबार   ११ : ०६   बजे

काठमाडौं, २६ पुस । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपा पोलिटब्युरो सदस्य मोहन कार्की सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान आयोजित एक कार्यक्रमबीच उहालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो ।

चन्द समूहका कार्कीलगायत नेता, कार्यकतालाई प्रचण्ड दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो । प्रचण्डसँगै महासचिव विष्णु पौडेल, नेताहरु देवेन्द्र पौडल, अग्नि सापकोटा, हितमान शाक्यलगायतले पनि स्वागत गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कार्की केही समय यताउता अलमलिएर पनि मूलधर फर्किएकोमा खुसी व्यक्त गर्नुभयो । कार्कीले जनयुद्धका समयमा उपत्यकामा बसेर जनयुद्ध कुनै आतंक होइन भन्ने कुरा जनतालाई बुझाउन योगदान गरेको स्मरण गराउदै विप्लव पनि ढिलोचाँडो नेकपामा आउने दाबी गर्नुभयो ।

चन्द समूहमा रहेकै बेला २०७५ साल चैत १ गते ललितपुरबाट पक्राउ परेका कार्की २०७६ साउन २१ गते रिहा हुनु भएको थियो । उहालाई अभद्र व्यवहारसम्बन्धी आरोप लगाइए पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि थुनामुक्त हुनु भएको थियो ।

चन्द समूहमाथि प्रतिबन्ध लगाएपछि कार्की लगायत थुप्रै उच्चस्तरका नेता पक्राउ परेका थिए । तर पक्राउपछि रिहा हुने कार्की उच्चस्तरका पहिलो नेता समेत हुनुहुन्छ । कार्कीले चन्द समूहबाट क्रान्ति पार नलाग्ने बताउँदै आफू नेकपामा प्रवेश गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group