ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्यत्र विजयोत्सव, शून्य मतदान भएको तिंला सुनसान


admin
२१ असार २०७४, बुधबार   १२ : ०२   बजे

सोलुखुम्बु, २१ असार । सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ । अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् ।

स्थानीय निकाय पुनःसंरचना आफूहरु अनुकूल नभएको भन्दै गत फागुन अन्त्यदेखि नै आन्दोलनमा रहेका साबिकको तिंला गाविसवासीले नो भोट, नो क्यान्डिडेट आन्दोलनअन्तर्गत कोही उम्मेदवार पनि बनेनन् र कसैले मतदान पनि गरेनन् ।

गत बुधबार भएको निर्वाचनमा नेचा सल्यान–६ अर्थात् साबिकको तिंलामा थापिएका पाँच मतदान केन्द्रका मतपेटिका रित्तै भएपनि दुई हजार ४७८ मतदातामध्ये कोही पनि मतदान केन्द्रमा गएनन् । आफुहरुलाई सोलुदूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गरेका उनीहरु अहिले अन्य वडामा विजयोत्सव मनाएको र जनप्रतिनिधिले काम गरेको हेरेर बस्न बाध्य छन् ।

सङ्घर्ष समितिका सदस्य एवम् नेपाली काँग्रेस तिंला गाउँपार्टीका सभापति नैनसिंह कार्की आफूहरुको माग पूरा नभएमा प्रदेश र केन्द्रको निर्वाचन पनि बहिष्कार गर्ने बताउनुहुन्छ ।

निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिंलामा निर्वाचन गर्न कानुनीरूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुनसक्ने कानुनी व्यवस्था भएको भएपनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानुनमा नै उल्लेख नभएको बताउनुभयो । “कुनै स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भएको भए पुनः निर्वाचन हुन्थ्यो त्यो अवस्था छैन,” प्रवक्ता शर्माले भन्नुभयो ।

आयोगले सो वडामा पुनः मतदान नहुने बताएकाले अब जनप्रतिनिधि नभएको वडामा जनप्रतिनिधिको काम कसरी सम्पन्न हुन्छ भन्ने अन्योल बढेको छ । निर्वाचनसम्बन्धी कानुनमा स्थानीय तहका प्रतिनिधि रिक्त भए मात्र निर्वाचन हुने उल्लेख छ । तर निर्वाचन बहिष्कार गरेका कारण पद रिक्त भए पुनः निर्वाचनको व्यवस्था भने कानुनमा नभएका कारण यथा अवस्थामा निर्वाचन असम्भव रहेको आयोगको भनाइ छ ।

नेचा सल्यान गाउँपालिकामा भने जनप्रतिनिधिले काम शुरु गरिसकेका छन् । नवनिर्वाचित प्रमुख डुफकुमार बास्तोला जनताले निर्वाचनमा सहभागिता नजनाए पनि जनतासँगको सल्लाहमा कसरी अघि बढ्ने भन्ने निर्णय लिइने बताउनुहुन्छ ।

उहाँका अनुसार पार्टी केन्द्रसँगको समन्वयमा तिंलावासीका माग सम्बोधन गर्ने विषयमा छलफल सुरु भइसकेको छ । करिब चार महिना आन्दोलनमा रहेका तिंलावासीको काम भने नेचा सल्यान गाउँपालिकाअन्तर्गत नै भइरहेको छ । विभिन्न योजना कार्यान्वयन नेचा सल्यान गाउँपालिकाकै लेटरप्याड र छाप प्रयोग गरेर गरिँदै आएको छ भने यस अवधिमा नागरिकता बनाएकाले पनि नेचा सल्यान–६ ठेगाना राखेर नै बनाएका छन् ।

नागरिकहरुलाई असहज हुने कुरा गर्दा सङ्घर्ष समितिका संयोजक बालकुमार कार्की अहिले केही समय समस्या झेल्नु परेपनि पुस्तौँको समस्या समाधानका लागि आफूहरु पछि नहट्ने बताउनुहुन्छ ।

यो केन्द्रीय समस्या भएकाले आफूहरुको मागका बारेमा केन्द्रमा जानकारी पठाउनुभन्दा अरू काम गर्न नसक्ने प्रजिअ उमेश पाण्डे बताउनुहुन्छ । सङ्घर्ष समितिका संयोजक कार्की आफूहरुले विभिन्न दलका मुख्य नेतृत्व र विभिन्न मन्त्रीलाई समेत ध्यानाकर्षण गराएको भएपनि कतैबाट स्पष्ट जवाफ नआएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group