ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील


admin
७ मंसिर २०७४, बिहिबार   १ : १५   बजे

डडेल्धुरा, ७ मंसिर । डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ ।

डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो ।

दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भन्दै डडेल्धुराका स्थानीय तहलाई सुरक्षा संवेदनशीलताका आधारमा स्थानीय तहलाई दुई तहमा विभाजन गरेको छ ।

जिल्ला सुरक्षा समितिले डडेल्धुराका सातवटा स्थानीय तहमध्ये सुरक्षा संवेदनशीलताका आधारमा चारवटा स्थानीय तहलाई संवेदनशील र तीनवटा स्थानीय तहलाई अति संवेदनशीलतामा विभाजन गरेको छ । जिल्लामा निर्वाचनका लागि थप सुरक्षा बल खटाइने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा मतदान गर्ने भएकाले पनि डडेल्धुरा जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मदतान केन्द्र रहेका छन् । डडेल्धुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नाका साथै म्यादी, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेना खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu