काठमाडौँ, ८ मंसिर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।
भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका थिए । यसमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित ताँदी गाउँपालिका (साविक खरानीटार गाविस) मा घर निर्माणका लागि जग्गा खरिद गरेका छन् ।
जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको रु दुई लाख सहयोगमा आठ रोपनी जग्गा खरिद गरेको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
प्राधिकरणको स्वीकृतिमा जग्गा छनोट गरी सुरक्षित ठाउँको रुपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको छ । जग्गा खरिदका लागि प्राधिकरणले रु ४८ लाख निकासा गरेको थियो ।
भूगर्भविद्हरुले गरेको अध्ययन अनुसार उर्लेनी मानव बस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल गरेको थियो । जोखिमयुक्त बस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पु¥याएर निजी आवास पुनःनिर्माणका लागि थप रु तीन लाख समेत अनुदान पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्