ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१५ फाल्गुन २०७६, बिहिबार   ८ : ४०   बजे

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले त्यस्ता विवाद, बहस र सङ्घर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो ।

“हामी कतिपयलाई लाग्छ यो बडो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, सबै मिलेर एकजुट भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ”, पार्टीको विचार सङ्घर्षप्रति इङ्कित गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ता र जनतलाई त्यस्तो लाग्ने एउटा कुरा हो, त्यस्तै होस् भन्ने हाम्रो चाहना पनि हो, तर जुन दिन यो साँच्चै शान्त, एकजुट र विवादरहित साँच्चै त्यस्तै भएदेखि यो पार्टी चाँहिदैन, जुन दिन विवारहित हुने दिन आउँछ, त्यो साम्यवाद हो ।”

पार्टी एकतामार्फत जनताका आशा र अपेक्षालाई नयाँ उचाइमा उठाइएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले जनताको अपेक्षामाथि तुसारापात हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीको पानी जस्तो नभएको टिप्पणी गर्दै उहाँले नेकपा गड्गडाउने खोला जस्तो ठोक्किँदै, भत्काउँदै साम्यवादतिर लम्कने पार्टी भएको बताउनुभयो ।

विचार, विधि र नेतृत्वको सम्मिलनबाटै पार्टी एकता सम्भव भएको उल्लेख गर्दै पार्टी एकताले नेपालको राजनीतिक मार्गचित्र बदलेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकतापछि कम्युनिष्ट पार्टीलाई दुईतिहाईको ठाउँमा ल्याएर देशको शासन सत्ताको नेतृत्व गर्ने, जनताको भरोसा जित्ने र आफ्नो प्रतिस्पर्धीलाई लोकप्रिय मतले पराजित गरेर ऐतिहासिक उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।”

पाटीभित्रको बहसबारे सञ्चार माध्याममा आएको कुरालाई विश्वास नगर्न अनुरोध गर्दै अध्यक्ष दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईंहरुनै तर्सने जसरी । तर, विवाद समाधान गरेका त छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि केही विषयमा केके हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौँ ।” अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group