ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्राहकको भेषमा उद्योगमन्त्री भट्टको पोखरामा छड्के चेक


ABC NEWS
१ चैत्र २०७६, शनिबार   १० : ४७   बजे

काठमाडौं १ चैत। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पुगेका बेला त्यहांका बजारमा छड्के अनुगमन गरेका छन् ।मन्त्री भट्टले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको निरीक्षण गरेको उनको सचिवालयले बताएको छ ।
शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर बजार निक्सेका मन्त्री भट्टले बजार अनुगमनको पनि उपयोग गरेको बताएका छन । क्रोइनाभाइरसको सन्त्रास बढेपछि व्यापारीहरुले कालो बजारी गरिहेको चौतर्फी आवाज उठेका बेला मन्त्री भट्टले जनताको सहानुभूति लिनका लागि बजार अनुगमन गरेको हुनसक्छ । उनले पोखराका केही डिपार्टमेन्टल स्टोरमा छिरेर सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे ग्राहकै शैलीमा सोधपुछ गरेका थिए ।
एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन मागेका थिए । नुनको मूल्य सोध्दा डिमार्टमेन्टलकी सेल्सम्यान महिलाले एक प्याकेटको २५ रुपैयाँ बताएकी थिइन् ।
मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भनेर प्रति प्रश्न गरेका थिए । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेका थिए।

मन्त्री भट्टको सचिवालयका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको बताइएको छ । ।
पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।
केही समय सस्तो लोकप्रियताका लागि बजार अनुगमन गरेको देखाउने र अन्तत सरकारी अधिकारीहरु बजारियाकै तानमा ताल मिलाउने नेपालमा सधैं चल्दै आएको छ। मन्त्री भट्टले केगर्ने छन् आगमी दिनेले देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group