ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौँले उनीहरूलाई ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित १७ जनालाई मुलुकी ऐन ठगीको महल १ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) बमोजिम दोषी ठहर गरेको हो।

दोषी ठहर हुनेमा तामाङसहित दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ र मिना गुरुङ छन्।

अदालतले सजाय निर्धारणका लागि भदौ २५ गते पेसी तोकेको छ। दुवै पक्षको प्रतिवेदन लिएर त्यसपछि उनीहरूलाई हुने सजाय निर्धारण गरिने अदालतको आदेशमा उल्लेख छ।

संगठित अपराधमा सफाइ

अदालतले तामाङसहित सबै प्रतिवादीलाई संगठित अपराधसम्बन्धी कसुरमा भने सफाइ दिएको छ।

यसअघि उनीहरूमाथि सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम ठगी तथा अपचलन गरेको आरोपमा मुद्दा दायर भएको थियो। अब भदौ २५ गते हुने सुनुवाइपछि दोषी ठहर भएकाहरूको सजाय टुंगो लाग्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

बाढीपीडितका नाममा फर्जी क्यूआर र राहत कोषमार्फत ठगी हुन सक्ने भन्दै प्रहरीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu