ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका नाममा फर्जी क्यूआर र राहत कोषमार्फत ठगी हुन सक्ने भन्दै प्रहरीको चेतावनी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

पोखरा । नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा सहयोगका नाममा सरकारी लोगो, नाम तथा पहिचानको दुरुपयोग गरी ठगी हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम पठाउन लगाउने प्रयास हुन सक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो।

प्रहरीका अनुसार दुषित मनसाय भएका व्यक्तिले आधिकारिक निकायको लोगो, नाम तथा ढाँचा नक्कल गरी फर्जी क्यूआर कोड बनाएर रकम संकलन गर्न सक्छन्।

त्यस्तै, फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायत सामाजिक सञ्जालमा फरक–फरक ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा फर्जी पेज तथा समूह सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ।

‘राहत सहयोग दर्ता’का नाममा फोन गरेर व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने तथा ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भन्दै अपरिचित नम्बरबाट आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सचेत रहन प्रहरीले आग्रह गरेको छ।

आधिकारिक माध्यमबाट मात्र पुष्टि गर्न आग्रह

प्रहरीले राहत तथा सहयोगका नाममा कुनै रकम पठाउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालका माध्यमबाट मात्र विवरण पुष्टि गर्न आग्रह गरेको छ।

सरकारी राहत कोष वा अभियानको नाममा प्राप्त हुने शंकास्पद क्यूआर कोड, लिंक, फोन वा सन्देशमा विश्वास नगर्न तथा व्यक्तिगत, बैंकिङ र गोप्य विवरण कसैलाई उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : बैंकका १५ कर्मचारी सम्पर्कविहीन, थप चार जनासँग सम्पर्क स्थापित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रमा ठूलो क्षति, नौ शाखा प्रभावित र २४ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu