ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ को संक्रमण फैलिन नदिन अहिलेसम्मकै सबैभन्दा कडा निर्णय :यस्तो छ तयारी ( भिडियोसहित)


एबीसी न्यूज
६ चैत्र २०७६, बिहिबार   ११ : ५१   बजे

काठमाडौं, ६ चैत । सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन अहिलेसम्मकै सबैभन्दा कडा निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब कुनै पनि धार्मिक, सांस्कृतिक, पारिकवारिक जमघटमा २५ जना भन्दा बढी भेला हुन पाइनेछैन । स्कुल, कलेज चैत्र मसान्त सम्म बन्द गरिएको छ । कालोबजारी गर्नेहरुलाई कडा कारवाही हुनेछ भने कोरोना प्रभावित ५५ मलुकबाट नेपाल प्रवेशमा पूरै रोक लगाइएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) देशभर उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले अहिलेसम्मकै कडा निर्णय गरेको हो । सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा अब २५ जना भन्दा बढी कोही पनि भेला हुन पाउने छैनन् । यस्तै, मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द हुनेछन् । सिनेमा हल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई बैशाख आगामी १८ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ । सबै शिक्षण संस्थाहरु चैत्र मसान्तसम्म बन्द गरिनेछन् । यसको कार्यान्वयन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने छन् । सबै निर्णयहरु पालना भए नभएको कडाइपूर्वक अनुगमन गर्न गृहमन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल र संचार तथा सूचनाप्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सरकारले अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उच्चस्तरीय समन्वय समिति बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध समेत गरेको छ । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने छ । सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ’डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ । यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने छ ।

सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि संचार माध्यम सामाजिक सन्जालबाट समेत गलत अभिव्यक्ति दिएमा विद्यमान काननु बमोजिम कडा कारवाही गरिने भएको छ । यस्तै, बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद गरी अनावश्यक संचय नगर्न समितिले अनुरोध गरेको छ । यस कार्यको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ । कोरोना विरुद्ध नेपाल सरकारले राज्यका सवै सयन्त्र चुस्तदुरुस्त राखेको छ । भोली निम्तन सक्ने दुर्घटनालाई मध्य नजर गरे प्रदेशमा समेत आइसुलेसन वेड सहित र क्वारेनटाईनका लागि आवश्यक पूर्वाधारको समेत जोहो गरेको जनाएको छ ।

बैठकले युरोपसहित पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान लगायत कोरोना प्रभावित ५५ मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । त्यसका लागि विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमार्फत सूचना जारी गरिने भएको छ । यसरी पूर्ववत रुपमा यात्राका लागि टिकट खरिद गरेकाहरुलाई टिकट वापतको रकम पूरै फिर्ता गर्न विमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group