काठमाडौं, ६ चैत । नेपालमा कोरोना भाइरस संक्रमण आशंकामा अहिलेसम्म ५३० जनाको स्वास्थ्य परीक्षण गरिएको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
बुधबार साँझसम्म ५३० परीक्षणको नतिजा आएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले आज १५ वटा नमुनाको रिपोर्ट आउने बताएको छ । रिपोर्ट साँझ ६ बजेसम्म सार्वजनिक हुनेछ । कोरोना संक्रमण छ कि छैन भनेर थाहा पाउन बिरामीको मुख र नाकको स्वाब परीक्षण गर्ने गरिन्छ । कोरोनाको परीक्षण नेपालमा अहिले टेकुस्थित प्रयोगशालामा मात्र हुन्छ अन्य स्थानका अस्पतालमा पनि शंका लागेका बिरामीका नमुना यही प्रयोगशालमा पठाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्