ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन


एबीसी न्यूज
७ चैत्र २०७६, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं, ७ चैत्त । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल तथा प्रयोगशालालाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिब प्रमोद सिंखडाले महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोगको संक्रमण नेपालभित्र रोक्ने कार्यको व्यवस्थापनका लागि कर्मचारीलाई उपत्यका नछोड्न निर्देशन दिइएको जानकारी दिनुभएको छ । उहाँले मन्त्रालय अन्र्तगतका विभागरकार्यालयमा कार्यरत सह–सहसचिब स्तरका कर्मचारीहरु र विभागीय प्रमुखहरु सार्वजनिक विदाको दिन समेत कार्यालयमा उपस्थित भई कामकाज गर्नुहुने निर्णय गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिब स्तरीय बैठकबाट उक्त निर्णय लिइएको हो । निर्णय बमोजिम उप–सचिब र अधिकृतस्तरका कर्मचारीहरुले काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको छ ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाभित्रका १८ वटा अस्पताल, विभाग, प्रयोगशालालाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभाग, टेकु, औषधि व्यवस्था विभाग, बिजुलीबजार, आन्तरिक प्रशासन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर रहेको छ ।

त्यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल रहेको छ । उक्त निर्णय नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय र राष्ट्रिय औषधी प्रयोगशालामा कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu