ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोक्न अन्तिम गृहकार्यमा सरकार :आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै


एबीसी न्यूज
७ चैत्र २०७६, शुक्रबार   ३ : १४   बजे

काठमाडौं, ७ चैत ।  बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय अबलम्बन गरेको सरकार अव लक डाउनको निश्कर्षतिर पुगेको छ । कोरोनाको बिषयमा थप जोखिम नमोल्ने नीतिका साथ सरकार यस दिशातर्फ उन्मुख भएको हो ।

मुुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजै साँझ उच्चस्तरीय संयोजन समितिको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै पोखरेलले बैठक बोलाउनु भएको हो । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज प्रधानमन्त्री ओलीसँग भेट गरी हालसम्मको अवस्थाको बिषयमा जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन र लिनुपर्ने सवै कदम चाल्न संयोजक पोखरेललाई निर्देशन दिनुभएको छ ।

कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले थप निर्णय लिन आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउनु भएको हो । उहाँले यसअघि नै आवश्यक परे मुलुक लक डाउनमा जाने संकेत गरिसक्नु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार राती देशबासीको नाममा संबोधन गर्दै केही साता जनता कफ्यू लगाउन निर्देशन दिएपछि कोरोनाप्रति नेपाल पनि कठोर बनेको हो । छिमेकी मुलुकबाट कोरोना भित्रन सक्ने भन्दै सरकार लक डाउनतर्फ अघि बढेको स्रोतले जनाएको छ ।

यसअघि समितिको बुधबारको बैठकले एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिएको थियो । यसबीचमा संयोजक पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहनु भएको थियो । विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको स्रोतले जनाएको छ । त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ ।

सरकारी स्रोतका अनुसार जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षित राख्नेबारे छलफल तीब्र बनेको छ । उपप्रम पोखरेल यही काममा लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group