ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको जोखिममा युवा : डब्लूएचओ


एबीसी न्यूज
८ चैत्र २०७६, शनिबार   ७ : ५९   बजे

काठमाडौं ८  चैत । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ ।

बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले संगठनले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो ।

अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ ।

अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

इटालीमा औसतमा साढे ७८ वर्षका मानिसको ज्यान गएको पाइएको छ । चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’

कालिकोटमा दुखद घटना: पानी घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu