ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोल कालोबजारी गर्ने दुई जना पक्राउ


admin
८ चैत्र २०७६, शनिबार   १ : ५७   बजे

काठमाडौं ८  चैत । सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो ।

मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिनुभयो । प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ । उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ ।

सामाजिक बहिष्कार गराउनेलाई मुद्दा

मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दलितसँग विवाह गरेको भन्दै बुबाको काजकिरिया गर्न नदिई सामाजिक बहिष्कार गर्न लगाउनेविरुद्ध जाहेरी दिइएको छ । स्थानीय प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने रमेश शर्मा कुइँकेलविरुद्ध इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको हो ।

प्रेमका बाबु दीर्गबहादुरको गत २१ फागुनमा मृत्यु भएको थियो । बुबाको मृत्युको खबर पाउनासाथ काठमाडौँबाट मेलम्चीस्थित दाहसंस्कारस्थल पुगेका भुजेललाई आफ्नै दाजु बेलबहादुर भुजेलले तिमी किरिया बसे रमेश पण्डित नआउने भन्दै बुबाको मुख हेर्नसमेत नदिएको र आफू काठमाडौँ फर्किएको पीडितले बताउनुभयो ।“घरमा आफू नभएको थाहा पाएपछि आरोपी पण्डित घरमा आएर पण्डित्याइँ गर्ने गरेका रहेछन्”, पीडित भुजेल भन्नुहुन्छ, “मैले दलित समुदायको केटीसँग विवाह गरेकै कारण मेरो बुबाको मृत्यु हँुदा आफ्नो धर्म संस्कारअनुसार दाहसंस्कार र काजकिरिया गर्न रोक लगाउनु मानवताविरोधी क्रियाकलाप भएकाले न्यायको निमित्त जाहेरी दिएको हुँ ।”

जातीय विभेदको उजुरी दर्ता गर्नमा धेरै नै कठिनाइ भएको र जाहेरी दर्ता भएसँगै न्यायका लागि ढोका खुले तापनि घटनालाई राजनीतिककरण गरी मुद्दालाई कमजोर बनाउन चलखेल हुनसक्ने भन्दै सबै अभिानकर्मी चनाखो रहन अपिल गर्दै न्याय नपाएसम्म निरन्तर पीडित परिवारलाई साथ दिने दलित एकता सञ्जाल नेपाल सिन्धुपाल्चोक अध्यक्ष एवं दलित सञ्जाल केन्द्रीय सचिव सुनिल मिजारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group