ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्यान्डफिल साइटमा कवाडीलाई प्रवेश निषेध !


admin
८ चैत्र २०७६, शनिबार   ७ : ५१   बजे

काठमाडौं ८  चैत । काठमाडौँ महानगरपालिकाले कोभिड—१९ को जोखिम हुन नदिन ल्यान्डफिल साइट क्षेत्रबाट कवाडी सामान सङ्कलन गर्न निषेध गरेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट ककनीको ल्यान्डफिल साइटबाट हरेक दिन कवाडी सामग्री सङ्कलन हुने गर्दथ्यो । विगत १३ वर्षदेखि सो स्थानमा फोहर व्यवस्थापन हुँदै आएको थियो ।

सफाइ कर्मचारीलाई अनिवार्य मास्क, पञ्जा, टोपी र जुत्ता लगाउन आग्रह गरिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो । त्यस्तै आइतबारदेखि विभागको प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेभएको छ । टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्यान्डफिल साइट र फोहर ढुवानी हुने सडकमा कीटनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया विभागले अघि बढाएको छ ।

विभागले आजै एक सूचना जारी गर्दै महानगरवासीलाई जथाभावी फोहर सडकमा ननिकाल्न अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिममा रहेकाले यस जोखिमपूर्ण अवस्थामा सरसफाइसम्बन्धी काममा सतर्कता अपनाउन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, “आ–आफ्नो घर/पसल/उद्योग/कलकारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहरलाई कुहिने र नकुहिने भागमा छुट््याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ ।” विभागले कुहिने फोहरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न र नकुहिने फोहर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group