ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले यसरी पाएको थियो कोरोनासंग सफलता: नेपालको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ


एबीसी न्यूज
९ चैत्र २०७६, आइतबार   ५ : ०८   बजे

काठमाडौं, ९ चैत । कोरोना भाइरसलाई सामान्यरुपमा  पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, बार र क्लबमा मध्यरातसम्म रमाइरहेका भेटिन्थे । बजारमा घुमिरहेका भेटिन्थे ।

यस्तै चल्दाचल्दै इटलीमा कोरोनाको कारण संसारमै सबैभन्दा बढी क्षति भइसकेको छ ।  नेपालको छिमेकी मुलुक भारतमा पनि पहिलो संक्रमण ३१ जनवरीमा केरलाबाट सार्वजनिक भएको थियो । तर त्यसको ५० दिन बितिसक्दा पनि लकडाउन गरिएको छैन । नेपालको अवस्था पनि उस्तै छ । अध्यागमनमा कुनै कडाई छैन भने खुला सिमानाबाट हुलका हुल मानिस आवतजावत गरिरहेका छन् ।

अहिले चीनबाट रेडक्रसका उपसभापति सनु शुओपेङ्ग इटली पुगेका छन् । उनले मिलानमा आयोजित एक पत्रकार भेटघाटमा भने, ‘दुई महिना पहिला कोरोना भाइरसको केन्द्र वुहान शहरमा पनि यस्तै अवस्था थियो, जुन अहिले यहाँ देखिइरहेको छ । वुहानमा एक महिनामा लकडाउन गरेपछि हामीले कोरोना संक्रमणको दरमा निकै गिरावट आएको पायौं ।’ उनले अगाडि भने, ‘यहाँ मिलान जहाँ सबैभन्दा बढी कोरोना फैलिइरहेको छ, लकडाउन धेरै कठिन छैन । यहाँ सार्वजनिक यातायात चलिरहेको छ । मानिसहरु लगातार एक ठाउँबाट अर्को ठाउँमा गइरहेका छन् । मानिसहरु होटलमा डिनर र पार्टी गरिरहेकै छन्, त्यही पनि मास्क नलगाईकन । मलाई थाहा छैन यहाँका मानिसहरुले के सोचिरहेका छन् ।’

इटलीमा सुरुवाती लापरवाहीको नतिजा अहिले गम्भीर बनिरहेको छ । शुक्रबार २४ घण्टामा ६२७ जनाको कोरोनाबाट मृत्यू भयो । अहिलेसम्म कोरोनाकै कारण एक दिनमा यतिधेरै मानिस कहीँ पनि मरेका थिएनन् । इटलीमा मृतकको संख्या ४८२५ पुगिसकेको छ । ५३,५७८ जनालाई कोरोना संक्रमण देखिइसकेको छ ।

गत महिना मात्रै कोरोना भेटिएको लोम्बार्डीको अवस्था दयनीय छ । हजारौं मानिसहरु अस्पतालमा छन् । उनीहरुको उपचारको लागि चिकित्सक नै छैनन् । यस्तो अवस्थामा चीनबाट मेडिकल विज्ञहरु इटली पुगेका छन् । उनीहरु कोरोनाको उपचार र लकडाउनलाई पनि राम्रोसँग नेतृत्व गर्न सक्छन् ।

लोम्बार्डीमा पनि लकडाउनको राम्रोसँग पालना भएको थिएन । सुरुमा त राज्यले नै ढिलासुस्ती गरेको थियो । अब बल्ल लोम्बार्डीका प्रमुखले सेना परिचालन गरेर भने पनि मानिसलाई घरभित्रै राख्न काम गरिरहेका छन् । अहिले त्यहाँको शहरमा सेनाहरु हतियारसहित गस्ती गरिरहेका भेटिन्छन् ।

ड्यानिला कोनफालोनिरी मिलान शहरकी नर्स हुन् । न्यूज एजेन्सी रोयटर्सका अनुसार मानिसहरु यति डराइरहेका छन् कि मरेका लास गर्ने अवस्था पनि छैन । उनले तनाव र डरको बीचमा काम गरिरहेको अनुभव बाँडिन् । लोम्बार्डीको अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनको बुझाई छ ।

लोम्बार्डीकै बेरगामोस्थित एक अस्पतालका चिकित्सक स्टेफानो मागंओनीले सिएनएनसँग कुरा गर्दै भने, ‘कोरोना भाइरसले यति भयानक ढंगले हानिरहेको छ कि आईसियूका बिरामीलाई पनि अन्त पठाउन परिरहेको छ । किनकी अस्पतालमा ठाउँ नै छैन । नजिकैका अन्य शहरहरुमा पनि आइसियू भरिपूर्ण छन् ।

तथ्यांकहरुका अनुसार इटलीमा मर्नेमध्ये धेरै वृद्धवृद्धा छन् । इटलीको हेल्थ इन्स्टिच्युटले विहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ८६ प्रतिशत मृत्यू ७० वर्षभन्दा बढी उमेरका मानिसहरुको भइरहेको छ । १० प्रतिशत मानिस ६० देखि ६९ वर्ष उमेर समूहका छन् । इटलीमा जापानपछि संसारमा सबैभन्दा धेरै वृद्धवृद्धाको जनसंख्या रहेको छ ।

स्मरणीय छ, चीनले हुबेई प्रान्तको वुहानमा २३ जनवरीमा लकडाउन लागू गरेको थियो । त्यहीँबाट कोरोना भाइरस सुरु भएको सर्वविदितै छ । पहिलो संक्रमण ३१ डिसेम्बरमा बाहिर आएको थियो जहाँ १।१ करोड मानिस बस्छन् । चीनले त्यहाँ इतिहासमै संसारको सबैभन्दा ठूलो लकडाउन गरेको थियो । त्यसपछि २० राज्य र १६ ठूला शहरमा एकसाथ लकडाउन गर्‍यो चीनले । त्यहाँ करीब ७० करोड मानिस घरमा बन्द गरिएका थिए ।

चीनले यस्तो कदम उठाउँदा संसारले चिनलाई जिस्काइरहेको थियो । आर्थिक पण्डितहरुले चीनको यस्तो कदमबाट चीनले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनीहरुले यस्तो लकडाउनले चिनियाँ अर्थतन्त्रलाई अत्यधिक नोक्सान पर्ने चेतावनी दिएका थिए । आधुनिक विश्वमा यसअघि यति विशाल क्वारेन्टाइन कहीँ पनि देखिएको थिएन ।

चीनले स्कूल, कार्यालय, यातायात सेवा, एयरपोर्ट, मेट्रो सेवा र मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धको घोषणा केही घण्टामै वुहानमा लागू भएको थियो । जरुरी सेवाहरु र मेडिकल इमरजेन्सीलाई पनि रोकिएको थियो । सबै पसलहरु बन्द थिए । यसमा खाद्य पसल र औषधि पसल पनि थिए । निजी वाहनलाई पनि अनुमति बिना चल्न दिइएको थिएन । मानिसहरुलाई घरबाट निक्लन पनि प्रतिबन्ध थियो । यसको लागि ठाउँठाउँमा प्रहरीहरु परिचालित थिए ।

सरकारले अत्यावश्यक सेवाको लागि सामुदायिक सेवा सुरु गर्‍यो । केही स्थानमा खाद्यवस्तु र अन्य जरुरी सेवाहरु दिइएको थियो । मानिसको गतिविधिलाई नियाल्न सामाजिक सञ्जालहरुको प्रयोग गरिएको थियो । केही दिनमा लकडाउन पूर्णरुपमा लागू भयो । स्वास्थ्यकर्मीहरु घरघर पुगेर मानिसको स्वास्थ्य जाँच्न थाले । कोरोनाको शंका हुनासाथ मानिसलाई जबरजस्तीरुपमा भने पनि क्वारेन्टाइनमा राखिन्थ्यो ।

यस्तोसम्म भयो कि एक अपाङ्गता भएको बच्चा घरमा एक्लै हुँदा खान नपाएर बसे किनकी उनका बुवा र दाईलाई प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

चीनले उठाएको यस्तो कदमको संसारले खुलेर विरोध गरिरहेको थियो खासगरी पश्चिमाहरुले । तर चीनले दुनियाँको आवाजलाई बेवास्ता गर्दै आफ्नो काम र नीतिमा प्रतिवद्ध हुँदै कोरोनाविरुद्ध लडाई लडिरह्यो ।

त्यसो त अहिले संसारका २० भन्दा बढी देशले लकडाउन गरेका छन् र १२० करोड मानिसहरु लकडाउनको अवस्थामा घरमा बन्द छन् । तर चीनमा जस्तो कडाई कहीँ भएको छैन । त्यसैले कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ ।

अहिले विश्व स्वास्थ्य संगठनले पनि स्वीकारेको छ कि कोरोना संक्रमण नियन्त्रणमा लिन चिनिया शैलीको लकडाउन अत्यावश्यक भइसक्यो ।

अहिले नेपालमा अध्यागमनबाट मानिस धमाधम नेपाल छिरिरहेका छन् । क्वारेन्टाइनमा राख्न पनि सरकार चुकिरहेको छ । उता खुला सिमानाको फाइदा उठाउँदै भीडमा ठेलम्ठेल गर्दै मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् ।

भारतमा कोरोनाको अवस्था हेर्दा ३० जनवरीमा कोरलामा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसपछि २ फेब्रुअरीमा अरु २ मानिसमा कोरोना भेटियो । उनीहरु उपचारपछि ठिक भए । त्यसपछि एक महिनासम्म कोरोनाको संक्रमण देखिएन । तर २ मार्चपछी भने दिनदिनै संक्रमितको संख्या बढिरहेको छ । ११ मार्चदेखि २१ सम्ममा कोरोना संक्रमितको संख्या ४५४ प्रतिशत बढिसकेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण संकट चुलिँदै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group