काठमाडौं, १० चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा सावधानी अपनाउको लागि नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
गुनारायण नगरपालिका वडा नं. ८ सुडालमा नेपाल सरकारबाट २ करोड र इन्डियाको एक्जिम बैंकबाट ३ करोड गरी ५ पाँच करोडको लागतमा निर्माणको क्रममा रहेको सडक विस्तारको अनुगमन तथा निरिक्षणका क्रममा स्थानीयवासी तथा पत्रकारसँग भएको कार्यक्रममा उनले यस्तो घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण नेपालमा भई नसकेको अवस्था भएता पनि सवै तवरले तयारी सहनु अहिलेको अपरिहार्य रहेको औंल्याउँदै उनँले कोरोना भाइरसको संक्रमणबाट आतंकित हुने नभई सावधानी अपनाउन आम नेपाली जनतालाई आग्रह गर्नुभयो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले कुनै पनि विकल्प गर्न तयार रहेको उल्लेख गर्दै उहांले तीन वटै तहका सरकारले व्यवस्थित र प्रभावकारी कदम चालिरहेकाले सम्पूर्ण आम नागरिक आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्नलाई अपिल समेत गर्नुभयो । वर्तमान विश्व जगतमा नै आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोगन नै मानविय धर्म भएको उल्लेख गर्दै उहांले सवै सांसद, कर्मचारी, उद्योग व्यावसायी तथा अन्यसम्पूर्ण सहयोगी महानुभावहरुलाई समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्