ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ : दाङका भारतसँग सिमाना जोडिएका २६ नाका बन्द


admin
१० चैत्र २०७६, सोमबार   ३ : ३२   बजे

काठमाडौं, १० चैत । कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि दाङसँग सिमाना जोडिएका २६ नाका अनिश्चतकालका लागि पूर्णरूपमा बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिएको जानकारीअनुसार कोरोना सङ्क्रमण फैलिन नदिनका लागि दुई देशका अधिकारीबीच सहमति भएर दुवैतर्फको नाका आइतबारदेखि पूर्णरूपमा बन्द गरिएको हो ।

बन्द गरिएका नाकामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, डगमारा, गुरुङ, भैसाही सिरिया, भौरिसाल, मुन्सीलगायतका ठूला–साना गरी २६ नाका छन् । स्थिति सहज नहुँदासम्म ती नाका पूर्णरूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी निगरानी बढाइरहेका छन् । यसअघि कोइलावास नाकामा भने जनस्वाथ्य कार्यालयले हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल आउनेको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ ले कोभिड–१९ को सङ्क्रमणबाट बचाउनका लागि भन्दै वडावासीलाई निःशुल्क रुपमा कपडाको मास्क वितरण गरेको छ । तुलसीपुर बजारमा रहेको वडा कार्यालयबाट दुई हजार मास्क वितरण गरेको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ५ तुलसीपुर बजारको मुख्य क्षेत्रमा पर्ने भएकाले यहाँ बढी भीडभाड हुने भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सतर्कताका लागि आज पहिलो चरणमा दुई हजार मास्क वितरण गरिएको हो ।

यसैबीच तुलसीपुर बजारसहित दाङका बजारमा स्यानिटाइजर र सर्जिकल मास्क भने अभाव छ । यहाँका स्वास्थ्य संस्थामा काम गर्नेदेखि सबैले कपडाका माक्स लगाएर काम गर्दै आएका छन् । सर्वसाधारण स्यानिटाइजर किन्नका लागि यहाँका विभिन्न औषधि पसल तथा अन्य पसलहरुमा जान्छन् तर नपाएर रित्तै फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group