ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ : जोखिम रोक्न सेनाको तयारी


एबीसी न्यूज
१० चैत्र २०७६, सोमबार   ६ : ४८   बजे


काठमाडौं, १० चैत । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कुनै घटना फेला परेमा सेनाका चिकित्सकसहितको मुख्य टोली गठन गरी सम्पूर्ण युनिट र सव युनिट तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कोभिड–१९ जोखिम नियन्त्रण सम्बन्धमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्न तथा उक्त भाइरसविरुद्ध रोकथामका उपाय सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइसकेको जनाएको छ । उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले आफू कार्यरत युनिटमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयस्तरमा ‘क्वारेन्टाइन क्याम्प सेट अप’ गर्ने कार्य शुरु गरिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सीमामा स्थापना गरेका हेल्थ डेक्समा समेत दक्ष स्वास्थ्यकर्मीलगायत सुरक्षाका लागि सैनिक अधिकारी परिचालन गरिएको छ । विभिन्न जिल्लामा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाले स्थानीयस्तरको क्वारेन्टाइन तथा आइसोलेसन वार्ड तयार गर्न सहयोग गरिरहेको छ ।

कोभिड–१९ सम्बन्धी रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालीम प्राप्त विद्यार्थीलाई स्वयम् सेवकका रुपमा सचेतना कार्यका लागि परिचालन गर्न शुरु गरिएको छ । सेनाले परिचालित सकल दर्जाको सुरक्षाका लागि आवश्यक ‘व्यक्तिगत सुरक्षा उपकरण’ ९पिपिइ०, माक्स, पञ्जा तथा सेनिटाइजर उपलब्ध गराउनुका साथै माक्स पिपिइ तथा सेनिटाइजरको उत्पादनसमेत शुरु गरिसकेको छ ।

कोभिड–१९ सम्बन्धी सरकारको निर्देशनअनुसार सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालीम, दैनिक रुपमा हुने पिटी परेडमा समेत आवश्यक उच्च सतर्कता अपनाइएको जनाएको छ । सेनाका सकल दर्जालाई कोभिड–१९ बारे जानकारी गराई विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र बिदा छाड्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिदाबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा ‘इण्डोर क्वारेन्टाइन’मा राखी एकिन पश्चात डियुटीमा लिने व्यवस्था गरिनाका साथै कोभिड–१९ विरुद्ध ब्यारेकभित्रका सकल दर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको निर्देशनालयले जनाएको छ । ब्यारेक हाताभित्रका बासस्थानमा समेत ओछ्यानको दुरी घटीमा एक मिटरमा राख्ने र सकल दर्जालाई ब्यारेक हाताभित्र नै लक डाउन गरिएको जनाइएको छ । कोभिड–१९को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न सेना तयार रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group