काठमाडौं, ११ चैत । कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
तीनै संक्रमित युवती उपचाररत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन सतर्कता जरुरी भए पनि धेरै अत्तालिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । डा. पुनले कोरोनाबाट संक्रमित पहिलो नेपालीको स्वास्थ्य अवस्था जति नाजुक थियो, अहिलेकी संक्रमित युवतीको अवस्था एकदमै सामान्य रहेको जानकारी दिनुभयो । पहिलेको विरामी सिकिस्त मानिस त उपचारपछि ठीक भएको बताउदै अहिलेकी युवती उपचारपछि पूर्ण स्वस्थ हुनेमा डा. पुन विश्वस्त रहेको बताउनुभयो ।
गत चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा ह“ुदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । कोरोना पोजेटिभको बिरामी भेटिएपछि सरकारले ती युवतीस“गै एउटै विमानमा आएका र नेपाल आएपछि सक्रमित बिरामीको सम्पर्कमा आएका व्यक्तिको पनि खोजी शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्