ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ दिन होटल वसे पछि मात्रै लक्षण देखा परेको थियो


एबीसी न्यूज
१२ चैत्र २०७६, बुधबार   ४ : ४९   बजे

 

काठमाडौँ– नेपालमा तेस्रो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको खुलेको छ।

दुबईबाट काठमाडौँ आएको ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि यो बीचमा उनको सम्पर्कमा रहेका व्यक्तिहरु समेत जोखिममा परेका छन्।

चैत ६ गते दुबईबाट फर्केर काठमाडौँको होटलमा बसेका उनी ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि चैत १० गते परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। टेकु अस्पतालमा परीक्षण गराई उनी फेरि होटलमा गएर बसेका थिए।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनले अस्पताल र होटलसम्म उपचार र परीक्षण गर्न जाँदा ट्याक्सीसहितका सार्वजनिक सवारी प्रयोग गरेका छन्। उनी चढेका ती ट्याक्सीसहितका सार्वजनिक सवारीका साधनबाट पनि भाइरसको फैलावट भएको हुन सक्ने आशंका छ।

सरकारी निकायले उनी बस्दै आएको होटेलको नाम खुलाएका छैनन् तर अब गर्नुपर्ने सबै सावधानीका उपायहरु अबलम्बन गरिने जनाइएको छ।

मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu