ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा एकै दिन १७ हजार संक्रमित थपिए, अहिलेसम्म एक लाख २३ हजार ३८० जना निको भएर घर फर्किए


एबीसी न्यूज
१४ चैत्र २०७६, शुक्रबार   ७ : १६   बजे

काठमाडौं, १४ चैत । विश्वमा महामारीको रुप लिदै गएको नोवेल कोरोना भाइसर कोभिड १९ का संक्रमित  एकै दिन अमेरिकामा १७ हजार नया संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड १९ को नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ। पुष्टि भएका संक्रमितको संख्या अमेरिकामा विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

पछिल्लो २४ घण्टामा १७ हजार १६६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ ।

तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।

पछिल्लो केही दिनयता स्पेनमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या लगतार तीव्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा ७१८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा ७१२ जनाको ज्यान गएपछि कुल मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ ।

संक्रमण अति डरलाग्दो दरमा बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १७४ ले थपिएपछि कुल ज्यान गुमाउनेको संख्या १२ सय एक पुगेको छ ।

विश्वभर अहिलेसम्म ५ लाख २९ हजार १४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २३ हजार ९६८ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख २३ हजार ९४२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group