काठमाडौं १४ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् । दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सीसँग कुराकानी भएको र कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरेका बताएका छन् ।
उनले चीनले यो भाइरसविरुद्ध लड्न धेरै राम्रो प्रयास गरिरहेको समेत राष्टपति ट्रम्पले बताए । चीनको वुहानबाट गत डिसेम्बरको अन्त्यमा फैलिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ । केही समय अघि चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो । अमेरिकाको यो प्रयासले चीन सकारात्मक बनेको छ । दुवै देशले मिलेर काम गर्ने अमेरिकाले प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्