ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र कैद छुटको माग गर्दै कैदीबन्दीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


admin
१५ चैत्र २०७६, शनिबार   २ : ०८   बजे

काठमाडौं, १५ चैत । जिल्ला कारागार झापाका कैदीबन्दीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएकाले आफ्नो सुरक्षा र कैद मिनाहलगायतका पाँच बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालको संविधान, २०७२ को दफा २७६ बमोजिम दिइने छुट, माफी, मिनाहमा कसैलाई विभेद नगरिएको हुनाले सबै प्रकृतिका मुद्दामा चालचलनका आधारमा दिन–रात गणना गरी ४० प्रतिशत कैद भुक्तानपछि ६० प्रतिशत मिनाह दिनुपर्ने, मुलुकी ऐन खारेज भइसकेकाले मुलुककी ऐनबमोजिम गरिएको कर्तव्य ज्यान मुद्दामा जन्मकैदलाई पहिले झैँ सुविधा दिनका लागि फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को ३७ को ९क० मा भएको जन्मकैद शब्दलाई तत्काल हटाउनुपर्ने, मुलुकको राष्ट्रिय र सार्वजनिक बिदाहरुको लगत राखी कैदीहरुको कैद कट्टा गर्नुपर्ने, कैदीबन्दीलाई कोरोनाबाट बच्न चाहिने आवश्यक सामग्री तत्काल उपलब्ध गराइनुपर्ने र पाँच वर्ष कैद भुक्तान गरिसकेकालाई एक पटकका लागि कारागार मुक्त गर्नुपर्ने माग उल्लेख छ ।

ज्ञापनपत्रमा राष्ट्रपतिको कार्यालयलाई अवगतार्थ र सभामुख, राष्ट्रिसभा अध्यक्ष र गृहमन्त्रीलाई बोधार्थ दिइएको उल्लेख छ ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको अवस्थामा कारागारमा कैदीबन्दी अझ थपिँदै गएको कैदीबन्दी इन्दिरा लिम्बूले बताउनुभयो । “कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ”, उहाँले भन्नुभयो, “दुःखसुख कैद भुक्तान गरिरहेका छौँ तर मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको छ, सरकारले हाम्रो सुरक्षा गर्नुपर्छ ।”

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कैदीबन्दीलाई सुत्न–बस्न, पानीको अभावले नुहाउनेलगायतका सरसफाइ गर्न समस्या छ । त्यस्तै शौचालय जान पनि घण्टौँ कुर्नुपर्ने समस्या रहेको अर्का कैन्दीबन्दी मञ्जु धिमालले बताउनुभयो । विगत एक महिनादेखि सिधा खर्च नपाउँदा र आफन्तसँगको भेटघाट तथा सरसहयोग नहुँदा दैनिकी कष्टकर बन्दै गएको अर्की कैदीबन्दी कविता मलाहले बताउनुभयो । इरान, भारत, इटाली, कम्बोडिया, अमेरिकालगायतका देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन कैदीबन्दीलाई छोडिसकेकाले नेपाल सरकारले पनि कैदीबन्दीको सुरक्षाका लागि उचित कदम चाल्नुपर्ने मलाहको माग छ ।

झापा कारागारमा ३५० कैदीबन्दी अटाउने क्षमता छ तर कारागारमा हाल तेब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा हाल ७७ महिला, पाँच आश्रित बालबालिका र एक हजार ४५ पुरुष कैदीबन्दी रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो ।

कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले कैद मिनाह र छुटका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो । “कोरोना भाइरसको त्रासले कारागार पूरै लकडाउन गरिएको छ”, उहाँले भन्नुभयो, ‘अहिले बाहिर र भित्रको मानिसबीच केही सम्पर्क छैन ।” कारागारमा आउने सामान, पत्रपत्रिकालाई समेत क्वारेन्टाइनमा राखेर मात्र भित्र पठाइने गरिएको उहाँले बताउनुभयो । कैदीबन्दीलाई उपलब्ध गराइने सिदा पनि एक महिना यता उपलब्ध नभएको प्रमुख निरौला बताउनुहुन्छ । “सिधाका लागि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर पनि विभागले पठाएको छैन ।” कारागारमा कैदीबन्दीको सङ्ख्या उच्च रहेकाले नयाँ कैदी नपठाउन जिल्ला प्रहरी कार्यालय झापालाई आग्रह गरिएको प्रमुख निरौलाले बताउनुभयो ।

“एक÷दुई दिन अघिसम्म कैदी पठाइए पनि अहिले नयाँ कैदी कारागारमा आएका छैनन्”, उहाँले भन्नुभयो, “नयाँ कैदीबन्दी आउँदा सङ्क्रमणको जोखिम हुने भएकाले एसपी साबसँग कुरा राखेपछि अहिले नयाँ कैदी कारागारमा आएका छैनन् ।” कैदीबन्दीको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको प्रमुख निरौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group