ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्यान्न पाउनु भएन ? फोन गर्नुहोस् ,खाद्यान्न र तरकारी घरमै आउँछ


admin
१५ चैत्र २०७६, शनिबार   २ : २९   बजे

 

काठमाडौं, १५ चैत । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लकडाउन भएपछि उपमहानगरपालिकाले घर घरमा नै सो आज विहानदेखि शुरुआत गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र खाद्यान्न सेवाका लागि छुट्टा छुट्टै सेवा प्रदायकलाई जिम्मा दिइएको छ । उपभोक्ताले विहान माग गरेपछि साँझ उपभोग्य वस्तु घरमै उपलब्ध हुनेछ ।

सेवा प्रवाह गर्दा सेवा प्रदायकले मूल्यसुचि अनिवार्य रुपमा टाँस गर्ने, भीडभाड नहुने गरी सेवा सञ्चालन गर्ने, आवश्यकता भन्दा बढि सामग्री खरिद गर्न नदिने, सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने र आम नागरिकलै घरमा बसेर कोरोना भाईरस विरुद्ध सहयोग गर्नुपर्ने शर्त रहेको उपप्रमुख थापामगरले बताउनुभयो ।

उपमहानगरपालिकाले सेवा लिन सेवाप्रदायक संस्थाको सम्पर्क नम्बर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

होटलमा क्वारेन्टाइन

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित अस्थायी निगरानी कक्ष क्वारेन्टाइनमा रहेका १० जनालाई सुविधा सम्पन्न होटलमा सारिएको छ । उपमहानगरपालिकाले सो क्याम्पसको हाताभित्र सञ्चालन गरेको अस्थायी क्वारेन्टाइन अव्यवस्थित भएपछि होटल सामथ्र्य ईनमा सारिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।उहाँका अनुसार होटलमा हरेकलाई छुट्टाछुट्टै कोठमा राखिने व्यवस्था गरिएको छ । कोरोना भाइरस कोभिड–१९का सम्भावित जोखिममा रहेकालाई सुरक्षित रुपमा निगरानी गर्न क्वारेन्टाइन सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्ने भएकोले तत्काललाई होटलमा सारिएको जनाइएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले वडा नं. १ राधापुरस्थित मैटहवा माध्यमिक विद्यालयमा सञ्चालन गरेको क्वारेन्टाइनमा १ महिलासहित २८ जनालाई राखिएको छ । त्यहाँरहनेलाई खाना तथा इन्टरनेट व्यवस्था सहित सुविधा सम्पन्न बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group