ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट : मध्यपुरथिमिको ‘डेडिकेटेड’ सेवा


admin
१५ चैत्र २०७६, शनिबार   ३ : १३   बजे

काठमाडौं, १५ चैत । कोभिड–१९ बाट सङ्क्रमित हुन सक्ने नगरवासीका लागि मध्यपुरथिमि नगरपालिकाले ‘डेडिकेटेड’ एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरस सङ्क्रमितका लागि मात्रै प्रयोग गर्ने गरी नयाँ एम्बुलेन्स तयार गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “नयाँ एम्बुलेन्सले अन्य बिरामी बोक्दैन, कोरोना सङ्क्रमितहरुका लागि भनेरै विशेष किसिमको एम्बुलेन्स तयार पारिएको हो, एम्बुलेन्स चलाउने चालकलाई ‘पर्सनल प्रोटेक्सन इक्विपमेण्ट ९पिपिई०’ व्यवस्था गरिएको र चालक बस्ने ठाउँलाई ‘पार्टिशन’ गरेर सुरक्षित बनाइएको छ ।”

नगरपालिकाले शुक्रबारदेखि नगरभित्र ‘सेनेटाइज’ गर्ने प्रक्रिया पनि शुरु गरिसकेको छ । शुक्रबार एउटा गाडीबाट शुरु गरिएको भए पनि शनिबार थप दुई गाडीबाट ‘सेनेटाइज’ गर्ने काम भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । आफ्नै ७२ श्ययाको अस्पताल सञ्चालन गर्ने भनिएको नेपालकै एक मात्र नगरपालिका मध्यपुरथिमिले चार श्ययाको ‘परमानेन्ट आइसोलेशन वार्ड’ तयार गरिसकेको छ । यससँगै ‘भेन्टिलेटर’ पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नगर अस्पतालमा कार्यरत चिकित्सकलाई पिपिई उपलब्ध गराइसकिएको छ । नगरको नेपाल कोरिया मैत्री अस्पतालसँगै नागरिक र मध्यपुर अस्पताललाई पनि १२ थान पिपिई उपलब्ध गराइएको छ । नगरपालिकाले अस्पतालमा कार्यरत २५ चिकित्सकलाई आवास तथा खानाको व्यवस्थासमेत मिलाएको छ । यसबाट कुनै पनि बेला आवश्यकता पर्दा तैनाथ गर्ने गरी चिकित्सकलाई तयारी अवस्थामा राखिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरसभाबाट निर्णय नै गराएर विपद् व्यवस्थापन कोषमा रु एक करोड र अस्पताल सुधार योजनामा रु छ करोड विनियोजन गरिएकाले यतिबेला काम गर्न निकै सहज भएको नगर प्रमुख श्रेष्ठको अनुभव छ ।

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएकाहरुबाहेक अन्य सामान्य बिरामी अस्पतालसम्म आउनु नपरोस् भनेर ‘डेडिकेटेड टेलिफोन नम्बर’ समेत नगरवासीलाई उपलब्ध गराएको छ । सोमार्फत मध्यपुरथिमिवासीले टेलिफोनबाटै चिकित्सकसँग आफ्नो समस्या राखेर औषधिको सिफारिश लिन सक्नेछन् । कोभिड १९को शङ्का लागेर सम्पर्कमा आउने व्यक्तिको नमूना परीक्षणका लागि नगरपालिकाले आफँैले किटको व्यवस्था गरेकाले घरमै गएर नमूना सङ्कलन गरी टेकु पठाउने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो, “हामीले अहिलेसम्म परीक्षणका लागि टेकु पठाएको नमूनाअनुसार कुनै पनि व्यक्तिमा कोरोना देखिएको छैन, विदेशबाट आएका ३५ जना व्यक्तिको पहिचान भइसकेकाले उनीहरुलाई घरमै क्वारेन्टाइनमा राखिएको र चिकित्सकले फलोअप गरिरहनुभएको छ ।”

जनप्रतिनिधिको तलब सुविधा कानूनविपरीत भएको भन्दै सर्वोच्च अदालतले निर्णय गरेपछि विनासुविधा काम गरिरहेका जनप्रतिनिधिले कुनै सुविधा माग नगरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बरु हिजोभन्दा झन् बढी सक्रिय भएर खटिएका छौँ ।”प्रत्येक वडा तहमा नगरवासीलाई सूचना र सुरक्षा प्रदान गर्न माइकिङको व्यवस्था वडाध्यक्षहरुले मिलाउनुभएको छ । तथापि लकडाउनका बेलामा बाहिर निस्कनेको सङ्ख्या बढिरहेको छ भन्दै नगरप्रमुख श्रेष्ठले त्यस्ता व्यक्तिप्रति कठोर निगरानी भइरहेको बताउनुभयो । मध्यपुरथिमिमा नेवारी समुदायको वर्चस्व रहेको र झुरुप्प खाँदिएको बस्ती रहेका कारण विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । स्थानीय भाषामै सूचना प्रवाह गर्दै आइरहेको नगरपालिकाले गम्भीरताका साथ काम गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले यतिबेला त्रासको अवस्था भए पनि नगरवासीलाई त्यसबाट मुक्त गराई “म सुरक्षित छु है” भन्ने अवस्थासम्म पु¥याउनु नै अहिलेको महत्वपूर्ण चुनौती रहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “यो योजना बनाएर बस्ने बेला होइन, आजै र अहिले नै गरिहाल्ने बेला हो र हामीले परिणाम नै देखाइसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group