ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीपी रहेको भए केपी ओली कांग्रेस हुनुहुन्थ्यो : महामन्त्री कोईराला


admin
१० मंसिर २०७४, आइतबार   ९ : ५६   बजे

नवलपुर, १० मंसिर ।  नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य उम्मेदवार प्रा.डा.शशांक कोईरालाले आफ्ना पिता अहिलेसम्म जीवित रहेको भए एमाले अध्यक्ष केपी  ओली कांग्रेस हुने बताउनुभएको छ ।

ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरको दलदलेमा पत्रकार भेटघाटका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

वी.पी.कोइरालालाई उहाँ जीवित रहुञ्जेल गाली गलौज गर्ने तात्कालिन पञ्चायतका कार्यकर्ता र कम्युनिष्ट नेताहरुले उहाँले आफूले भोगेको घटनाका बारेमा राखिएको अभिलेखलाई आत्मवृतान्त र जेल जर्नल जस्ता पुस्तकका रुपमा बाहिर आएपछि के पी ओली र प्रचण्ड जस्ता नेताहरुले पनि नेपालमा सबैभन्दा मन पर्ने नेताको रुपमा उहाँको नाम लिएको पनि उहाँले बताउनुभयो ।

एक अर्को प्रसंगमा कांग्रेस महामन्त्री कोइरालाले कम्युनिष्टहरुले अधिनायकवादी शासन स्थापना गर्ने दम्भ प्रदर्शन गरेको र टुंगो लागिसकेको राजनीतिक व्यवस्थालाई पुन अस्थिरतामा लैजान संकेत गरेकोले कम्युनिष्ट पार्टीभित्रका उदारवादी कार्यकर्ताहरु देशव्यापी रुपमा नेपाली कांग्रेसमा प्रवेश गरिरहेको पनि उहाँले बताउनुभयो ।

दैनिक सयौंको संख्यामा अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेको घट्नाले आफूलाई उत्साहित बनाएको पनि बताउनुभयो ।

उहाँले वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै उहाँले भन्नुभयो “उनीहरुले दुई तिहाई पु¥याउन सक्दैनन् ।”

वाम गठबन्धनले गर्दा पार्टी एकढिक्का भएर चुनावमा होमिएकोले नेपाली कांग्रेसलाई फाईदा पुगेको उहाँले दावी गर्नुभयो ।

महामन्त्री कोईरालाले कांग्रेसलाई यथास्थितिबादी भनेर लगाएको आरोपको प्रतिवाद गर्दै प्रश्न गर्नुभयो “परिवर्तन ल्याउने कांग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिष्ट कसरी परिवर्तनकारी हुन्छ ?”

गरिबलाई गरिब नै राखेर कम्युनिष्टहरुले राजनीति गरेको भन्दै उहाँले भन्नुभयो “हामी सबैलाई धनी बनाउँछौं त्यो समाजवादमा हुन्छ ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको चिन्तन भएको भन्दै उहाँले यसले नै देशको समग्र विकास हुने बताउनुभयो ।

कोईरालाले भन्नुभयो “शुरुमा गठबन्धनले हामी झस्किएका थियौं,  तर अहिले देशभरी कांग्रेसको पकड विस्तार हुँदैगएको छ, सबैभन्दा ठूलो पार्टी कांग्रेस हुन्छ ।”

स्थानीय निर्वाचनमा  पार्टीभित्र देखा परेका केही त्रुटीलाई यसपटक सच्याएर अघि बढेकाले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको पनि उहाँले बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले अदृश्य शक्तिलाई चलखेल गर्न दिन नहुने बताउदै भन्नुभयो “राष्ट्र नेपालीले नै हाक्नुपर्छ ।”

अब तपाई यो देशको प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुनसक्छु ।”

 

कांग्रेस नै सबैभन्दा ठूलो दल बन्ने

नेपाली काँग्रेसका महामन्त्री प्रा.डा.शशांक कोईरालाले नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा ठूलो पार्टी हुने बताउनुभएको छ । नवलपुर जिल्लाको क्षेत्र नम्बर १ मा चुनाबि अभियानका क्रममा आइतबार दलदलेमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले काँग्रेस प्रतिको आकर्षण बढेकाले पहिलो पार्टी हुने दावी गर्नुभयो ।

’साम्यवाद रोज्ने कि लोकतन्त्र रोज्ने ?‘ भन्दा सबै जनताले लोकतन्त्र नै रोज्ने बताईरहेको भन्दै उहाँले बाम गठबन्धनका कारण पनि काँग्रेस बलियो हुन मद्दत पुगेको बताउनुभयो । कोईरालाले भन्नुभयो “काँग्रेसभित्र देखा परेका गुट उपगुट पनि अहिले एक जुट भएकाछन् ।” बामपन्थि शक्ति एक भएपछि देशमा साम्यबादी खतरा आउन सक्ने भन्दै गुट उपगुटमा रहेको काँग्रेस र लोकतन्त्रबादी शक्तिहरु संगठित बनेको उहाँले बताउनुभयो ।

उहाँले काँग्रेसले अबको १० वर्षमा मुलुकलाई कस्तो बनाउने भन्ने खाका तयार गरिसकेको बताउदै अब देश सम्बृद्धितर्फ जाने बताउनुभयो ।

नवलपुरबाट देशलाई उत्तर र दक्षिणी क्षेत्र जोड्ने सडक संञ्जाल निर्माणका लागि काम अघि बढिसकेको उहाँले बताउनुभयो ।

नारायणी नदिलाई तटबन्धन गरेर पर्यटन मार्ग बनाउने, अन्तराष्ट्रिय स्तरको रंगशाला नवलपुरमा निर्माण गर्ने, नवलपुर क्षेत्रमा बढि दुर्घटना हुने भएकाले ट्रमा सेन्टर बनाईने लगाएतका योजना आफ्नो रहेको पनि उहाँले बताउनुभयो ।

महामन्त्री कोईरालाले आफ्ना पिता विश्वेश्वरप्रसाद कोइरालाले आफु प्रधानमन्त्री हुदाँ सबै नागरिकको हैसियत आफुसरह बनाउने संकल्प लिएको स्मरण गर्दै समाजवादी चिन्तन बोकेको काँग्रेसले सबै नेपालीको हैसियत उच्च बनाउने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group