ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघ्यो , इटालीमा मात्र १० हजार को ज्यान गयो


एबीसी न्यूज
१६ चैत्र २०७६, आइतबार   ८ : १०   बजे

 

काठमाडौं, १६ चैत । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार ९ सय पुगेको छ । आइतबार बिहानसम्म ३० हजार नौ सय जनाको ज्यान गएको छ । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६३ हजार सात सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार ८ सय ४० पुगेको छ ।

अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४२ हजार १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group