ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा ३६ जनको स्वाव लिईयो, २३ जनाको नेगेटिभ : कोरोना कहर


sharan sharan
१६ चैत्र २०७६, आइतबार   १० : ११   बजे

बुटवल, १६ चैत्र । प्रदेश नम्बर ५ मा शनिबार सांझ सम्म ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा हाल सम्म ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको छ भने अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी रहेको चौधरीले बताउनु भयो ।

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि हवाइसेवा बन्द हुँदा बिरामीको स्वाब जाँचका लागि गाडीबाट काठमाडौँ पठाउनुपर्ने भएकाले केही ढिलाइ भएको समेत उहांले जानकारी दिनुभयो ।
प्रदेशअन्तर्गत दाङबाट ५ जनाको स्वाब नमूना पठाइएकामा सबै रिपोर्ट नेगेटिभ देखिएको निर्देशनालयले जनाएको छ । बाँकेबाट २३ जनाको नमूना पठाइएकामा सात जनाको नेगेटिभ रिपोर्ट देखिएको र अन्य १६ जनाको रिपोर्ट परिक्षणको प्रक्रियामा रहेको स्वास्थ्य कार्यालय बांकेका कारोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।
प्रदेश सरकारले प्रदेशका चार सरकारी अस्पतालमा आइसोलेशन वार्ड खोल्ने निर्णयसंगै सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङको बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापीठ र बाँकेको खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशन वार्डका रुपमा सञ्चालनमा आइसकेका छन् । मन्त्रालयका महाशाखा प्रमुख चौधरीका अनुसार बुटवलको धागो कारखानामा निर्माण गरिएको आइसोलेशन अस्पतालमा ५० शय्या, भीम अस्पतालमा ३० शय्या, दाङको बेलझुण्डीस्थित आयुर्वेद विद्यापीठमा ३० शय्या र बाँकेको सुशील कोइराला अस्पतालमा ३० शय्याको आइसोलेशन वार्ड निर्माण गरी सेवा सञ्चालन गरिएका छन् ।
प्रदेशका १२ जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा अहिलेसम्म १५३ जनालाई राखिएको र उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमै राखेर स्वास्थ्य अवस्था रेखदेख गरिने चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group