ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लकडाउन’ रहेको वुहान आंशिक रूपमा खुला : सपिङ मल सोमबारबाट खुला गर्ने


एबीसी न्यूज
१६ चैत्र २०७६, आइतबार   ४ : ३३   बजे


काठमाडौं, १६ चैत । चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३१ हजार भन्दा बढि रहेको छ । पछिल्ला दिनमा चिनमा संक्रमणदर घट्दै गए पनि अन्य देशमा भने फैलिइरहेको छ । चिनपछि सबैभन्दा बढि संक्रमण इटालीमा देखिएको छ । पछिल्लो विवरणअनुसार कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण मृतकको संख्या ३१ हजार भन्दा बढि रहेको छ भने भाइरसबाट ६ लाख ७२ हजार भन्दा बढि रहेको छ ।

संक्रमितमध्ये २५ हजार तीन सय ७७ जनाको अवस्था गम्भीर छ । त्यसैगरी करिब १ लाख ४३ हजार भन्दा बढि उपचार पछि घर फर्किका छन् । गत डिसेम्बरमा चीनको बुहान प्रान्तमा देखिएको यसको संक्रमण सयभन्दा बढी देशमा देखिसकेको छ । पछिल्लो नतिजा अनुसार अमेरीकामा कोरोना संक्रमणका बिरामी धेरै देखिएका छन् ।

अन्य देशमा संक्रमणको संख्या बढि रहदा डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये एकजना बाहेक सबै विदेशबाट फर्किएका व्यक्ति रहेको त्यहाका संचार माध्यमले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो ७ दिनको तथ्यांकलाई हेर्ने हो भने, चीनभर ३ सय १३ जना बाहिरबाट आयातित संक्रमित पाइएकामा मात्र ६ जना घरेलु संक्रमित छन् ।

आयातित संक्रमितमध्ये अधिकांश विदेशबाट फर्किएका चिनियाँ नागरिक नै छन् । कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तको राजधानी वुहानमा पछिल्लो १० दिनमा मात्र एक जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनभर मृतकको संख्यामा पनि उल्लेख्य कमी आएको छ । शनिबार थप ५ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुने पाँचैजना वुहानकै हुन् । हुबेई प्रान्तमा लगातार चौथो दिन शनिबार पनि नयाँ संक्रमित भेटिएको छैन ।

पछिल्लो चार दिनभित्र मात्र एकजना मात्र घरेलु संक्रमित पाइएको छ, त्यो पनि हुबेईको सीमावर्ती हेनान प्रान्तमा । चीनमा घरेलु संक्रमित संख्या लगभग शून्यमा पुग्दै गर्दा केही आयातित संक्रमित देखिएपछि उसले कडा कदम चालिसकेको छ । आइतबारबाट लागू हुने गरी अन्तर्रा्ष्ट्रिय उडान बन्द गरिएका छन् भने शनिबारबाटै विदेशीलाई मुख्यभूमि चीनतर्फ प्रवेशमा रोक लगाइसकिएको छ । संक्रमण दर घट्दै गएपछि अढाई महिनाभन्दा बढी अवधिसम्म ‘लकडाउन’ रहेको वुहान आंशिक रूपमा खुला गरिएको छ ।

सहर भित्रने सडक र रेल सञ्जाल शनिबारबाट सुचारु गरिएका छन् । तर वुहानबाट बाहिरिन भने अझै पनि प्रतिबन्ध लगाइएको छ । जनवरी १५ मा ‘लकडाउन’ गरिएपछि पहिलोपटक शनिबार रेलमार्ग हुँदै ६० हजारभन्दा बढी चिनियाँ वुहान पुगेका छन् । आइतबारबाट तिहानी विमानस्थलबाहेक वुहानका सबै विमानस्थलले केही आन्तरिक उडान सुचारु गरेका छन् । तिहानी विमानस्थल आउँदो अप्रिल ८ बाट सुचारु हुने जनाइएको छ । हुबेईबाट बेइजिङको उडान भने स्थगित छ ।

‘अहिले वुहानको वातावरण सुखद् छ । संक्रमण फैलिएका बेलाजस्तौ मानिस आतंकित छैनन् । महामारीको अवस्था निकै डरलाग्दो थियो, तर अहिले त्यस्तो अवस्था छैन,’ हु थरका एक वुहानवासीले समाचार संस्था रोयटर्ससँग भने, ‘अहिलेको अवस्था नियन्त्रणमा छ ।’ हुबेई सरकारले आइतबार आफ्नो आधिकारिक ‘वीच्याट’ अकाउन्टमार्फत अढाई महिनाभन्दा लामो समयदेखि बन्द वुहानस्थित कैयौं सपिङ मल सोमबारबाट खुला गर्न दिइने जनाएको छ । चीनभर हालसम्म ८२ हजार ६१ जना कोभिड–१९ संक्रमित पुष्टि भएकोमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ७६ जनाको उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group