काठमाडौं, १६ चैत । कोरोना भाइरस (कोभिड–१९) को विश्व भर महामारी फैलिरहको समयमा चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई अब कारबाही गर्ने भएको छ ।
साथै पछिल्लो समय कोरोना भाइरस को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आएका छैनन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्