ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्ने


एबीसी न्यूज
१७ चैत्र २०७६, सोमबार   ७ : ३८   बजे


कास्की, १७ चैत ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा  १४ लाख ८० हजार १३० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुहुने बताइएको छ ।

त्यसैगरी प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन तथा अधिकतम इच्छाअनुसार पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको दलका सचेतक गायत्री गुरुङले बताउनुभयो । “हामीले हाम्रो दलको तर्फबाट मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिना, प्रदेशसभा सदस्यहरुले न्यूनतम १५ दिन र अधिकतम इच्छानुसार कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेका छौँ”, सचेतक गुरुङले भन्नुभयो । नेकपाको तर्फबाट गण्डकी प्रदेशसभामा ४० सदस्य छन् ।

त्यसैगरी प्रदेश सरकारले नियुक्त गरेका पदाधिकारीहरुले समेत उक्त कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्नुहुने भएको छ । सरकारले नियुक्त गरेका गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली, प्रदेश नीति तथा योजना आयोगका सदस्यद्वय डा विष्णुराज बराल र डा भीमा ढुङ्गानाले सहयोग रकम उपलब्ध गराउनुहुने भएको हो ।

प्रदेश पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ, प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज पाण्डे, ताल विकास प्राधिकरणका प्रमुख डा अनुप गुरुङ, मुख्मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिवद्वय सूर्यप्रसाद गुरुङ र एलिना गुरुङले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुहुने बताइएको छ ।

एकता बचतबाट एक लाख एक हजार सहयोग

त्यसैगरी एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१५ ले आइतबार प्रदेश सरकारले स्थापना गरेको कोषमा रु एक लाख एक हजार १११ जम्मा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउछामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

यही चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेपछि अहिले विभिन्न व्यक्ति तथा निजी सङ्घसंस्थाबाट समेत रकम जम्मा गर्ने क्रम शुरु भएको छ । प्रदेश सरकारले चैत १४ गते सार्वजनिक सूचना जारी गरी राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा ‘कोरोना भाइरस नियन्त्रण र उपचार कोष’का नाममा खोलिएको खाता नं ३०२०००१८८३०१ मा इच्छुक व्यक्ति तथा संस्थालाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group