ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर


एबीसी न्यूज
१८ चैत्र २०७६, मंगलबार   १२ : २१   बजे

काठमाडौं, १८ चैत । अमेरिकामा कोरोना भाइरस (कोभिड १९)  बाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ ।

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ । जबकि चीनमा ८१ हजार पाँच सय १८ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमणको आधारमा इटली दोस्रो नम्बरमा छ । इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ । तेस्रो नम्बरमा रहेको स्पेनमा सङ्क्रमितको सङ्ख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।

चीनको वुहान शहरमा कोरोना भाइरसबाट एक जना नयाँ सङ्क्रमित थपिएका छन् । वुहानमा एक हप्ताभरि कुनै नयाँ सङ्क्रमति थपिएका थिएनन् । एक हप्ताको अन्तरालमा यो सङ्क्रमणको पहिलो घटना हो ।

तर गएको ३० मार्चमा चीनमा कुल ४८ जना नयाँ सङ्क्रमित थपिएका थिए । ती सबै जना विदेशबाट फर्किएका थिए । साथै चीनको हुबेई प्रान्तमा एक जनाको ज्यान गएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन हजार तीन सय पाँच जनाको ज्यान गइसकेको छ । साथै सङ्क्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् । सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिन सुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu