काठमाडौं, १८ चैत । कोरोना भाइरसको संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचा रत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो । टेकु अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते यूएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको अस्पतालका निर्देशक डा राजभण्डारीले बताउनुभयो ।
यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका यूएईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिनुभयो । जोशिले संक्रमितका नजिकका परिवार तथा उनले भेटेका मानिसको पनि निगरानी गरिरहेको जानकारी दिनुभयो । उनको अहिले अस्पतालको आइसोसेलनमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्